अब ई क्यान : काभ्रेमा
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा रहेको मिराबेल रिसोर्टमा ई क्यान काभ्रेको कार्यक्रम हिजो भव्यताका साथ सम्पन्न भएको छ । शैक्षिक परामर्श व्यवसायीहरुको ठुलो संगठनको रुपमा रहेको इ क्यानले यतिबेला काभ्रेमा आफ्नो कोअर्डिनेशन कमिटि बनाउने तयारीमा जुटेको छ । कार्यक्रममा प्रमुख अथितीको रुपमा ई क्यानका अध्यक्ष शेषराज भट्टराई, विशिष्ट अथितीमा ई क्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, अथितीहरु केन्द्रिय उपाध्यक्ष लक्ष्मण पौडेल एण्ड्रु, महासचिव दिपकराज भुषाल, कोषाध्यक्ष आशिक कार्की, सचिव भवनाथ हुमागाई, केन्द्रिय सदस्यद्धय बि.टु.बि. संयोजक आशिष रायमाझी, ई.सि.ए. कोअर्डिनेटर गोबिन्द खनाल लगायत काभ्रेका बिस भन्दा बढि कन्सल्टेन्सीको उपस्थिति रहेको छ ।
पछिल्लो समय देशको राजधानी काठमांडौमा संचालनमा रहेको विभिन्न कन्सल्यान्सहरु व्यवसाय प्रबन्धनको उद्देश्यले काभ्रेमा आफ्नो कार्यलय राख्ने होडबाजि नै चलेको छ । हालसम्म बनेपाको बजारमा मात्रै सत्तरी भन्दा बढि कन्सल्टेन्सी संचालनमा रहेको पाईएको छ । कन्सल्टेन्सी व्यवसायलाई एकिकृत गर्ने, मर्यादित बनाउने र सक्षम बनाउने साथै विभिन्न देशको गन्तव्य तय गर्ने विषयलाई मध्यनजर गर्दै ई क्यानले आफ्नो कोअर्डिनेशन कमिटि संचालन गर्न खोजेको सचिव भवनाथ हुमागाई बताउछन् । हालसम्म काभ्रे जिल्लाबाट सदस्यता प्राप्त गरेकामा एन.आई.इ सि. , डिस्कोभरि एडुकेशन, कृप्टन एडुकेशन, रिड एण्ड फ्लाई एडुकेशन, स्काई वे एडुकेशन, मेन्टर एडुकेशन, हानिको एडुकेशन, एक्सेस वि.सि.ई.सि. एडुकेशन, भिजा डाईरेक्ट, डिज्नी सी रहेका छ । छिटै नै तिस सदस्यीय ई क्यान काभ्रेले पुर्याउने सदस्यहरु बताउछन् ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले विभिन्न खालका चुनौती र अवसरहरु ईमान्दार भएर कार्य गर्दा नै सम्पन्न गर्न सकिन्छ भन्दै सम्मेलनलाई सम्बोधन गर्नु भएको थियो ।