सहकारी बिशेष

उग्रतिर्थ साकोसको साधारण सभा सम्पन्न

बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाको मुटु बनेपाको चारदोबाटोबाट सदस्यलाई बचत तथा ऋणको सेवा पु¥याउँदै आएको उग्रतिर्थ बचत तथा ऋण सहकारीको तेह्रौ साधारण सभा बागमती प्रदेश सहकारी रजिष्ट्रार नारायण ज्ञवालीको प्रमुख आतिथ्यतामा शनिबार संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सुर्य विनायक नगरपालिकामा कार्य क्षेत्र रहेको सो सहकारीले निरन्तर रुपमा सामाजिक उत्तरदायित्वको कार्य गरिरहेको साधारण सभामा जानकारी गराइएको थियो ।
प्रमुख अतिथी ज्ञवालीले सहकारीले बचत तथा ऋणको मात्रै काम गर्ने नभएर ,व्यवसायी बनाउने, उत्पादनमा जोड दिने र बजारीकरणमा सहयोग गर्न सक्ने बताउनुभयो । उहाँले उग्रंतिर्थ सहकारीले सामाजिक उत्तरदायित्वको कामलाई राम्रोसँग पुरा गरेको आफुले पाएको बताउनुभयो ।
सहकारी राम्रोसँग बुझेको समुहले संचालन गरेको सहकारीले निरन्तर काभ्रेपलाञ्चोक जिल्लाका नागरिकको विश्वास जित्न सफल भएको आफूले पाएको बताउँदै सहकारीको नियमन, प्रोत्साहन र सहजीकरणको काम गरिरहेको बताउनुभयो ।
जिल्ला सहकारी संघका अध्ययक्ष दिलिप शर्माले सहकारीको भिडमा उग्रतिर्थ साकोसको पहिचान बेग्लै भएको र आगामी दिनमा पनि सहकारीले राम्रोसँग काम गरेको बताउनुभयो ।
सहकारीविज्ञ हरि बरिष्ठले सहकारीले समाजमा निक्कै ठूलो योगदान गरेपनि बैंकलाई जस्तो व्यवहार सहकारीलाई हुन नसकेको बताउनुभयो । सहकारीलाई धरासायी बिनाउन धेरै तत्वहरु सकृय बनेर लागेको उहाँले आरोप लगाउनुभयो ।
कार्यक्रममा सहकारीकर्मी रोशन चौलागाईले सहकारीले सामाजिक उत्तरदायित्व लगायतका काम गरेको बताउनुभयो । सबै सहकारीले कम्तिमा एउटा कार्य गर्न सकेमा त्यसले समाजमा योगदान दिन सक्ने बताउनुभयो ।
उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदारले उद्योग व्यवसाय बढाउन सहकारीको महत्व निक्कै रहेको बताउनुभयो । उग्रतिर्थ सहकारीले उद्योगधन्दाको बृद्धिका लागि निक्कै राम्रो काम गरेको र त्यसको अनुशरण अरु सहकारीले पनि गर्न आवश्यक रहेको औल्याउनुभयो ।
काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ संचालक सदस्य वालकृष्ण दाहालले सहकारीले झट्ट हेर्दा एउटा क्षेत्रको मात्रै विकास भएको जस्तो देखिएपनि समग्र क्षेत्रको विकास गर्ने बताउनुभयो ।
सहकारीका कर्मचारी सविना थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन शान्तमणी रिजालले प्रगती प्रतिवेदन पेस गर्नुभएको थियो । उहाँले संस्थाको ५ करोड ७२ लाखको सेयर पुँजी, ५३ करोड निक्षेप संकलन, ६४ करोड कर्जा प्रवाह गरेको जानकारी गराइएको थियो ।
सहकारीले हरेक बर्ष स्थापना दिवसको अवसरमा आजाद माविमा रहेका १० जना विद्यार्थीलाई छात्रवृत्ति, कार्य क्षेत्रमा रहेका एकल महिलाको आय स्रँोत बढाउन सहुलियत दलमा ३ लाखसम्म ऋण प्रवाह गर्दै आएको जानकारी दिइएको थियो । सो कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष मोहन गजुरेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *