उपकार साकोसको १४ औ साधारण सभा सम्पन्न

बनेपा, उपकार बचत तथा ऋण सहकारी संस्था लि बनेपा-८, काभ्रेको १४ औं वार्षिक साधारण सभा सर्वसम्वत नयाँ नेतृत्व चयन गर्दै मंगलबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष ठाकुर गौतमको अध्यक्षता र संस्थाका जेष्ठ सदस्य रामेश्वर मकै श्रेष्ठको प्रमुख आतिथ्यता भएको वार्षिक साधारण सभाबाट पुनः ठाकुर गौतमको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्वत चयन भएको हो । जसको उपाध्यक्षमा सुनिल थापा, सचिबमा ऋतुपूर्ण श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार आचार्य र सदस्यहरुमा रन्जन सापकोटा, रामचन्द्र न्यौपाने, राजाराम हुमागाई तथा लेखा समिति संयोजकमा जयराम थापा एवं सदस्यहरुमा बालकृष्ण श्रेष्ठ र भिम बहादुर थापामगर रहेका छन ।

उपाध्यक्ष सुनिल थापाले स्वागत, सचिब ऋतुपूर्ण श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजकुमार आचार्यले आर्थिक प्रतिवेदन, लेखा संयोजक जयराम थापाले लेखा प्रतिवेदन पेश र प्रबन्धक नवराज बजगाईले सञ्चालन गरेको कार्यक्रममा निर्वाचन समिति संयोजक पुर्णचन्द्र सिग्देल, सदस्यहरु ध्रुव नेपाल र गुरु ढकाल, पत्रकारहरु नवराज बजगाई र रमेश न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *