एन.टि.एच.एम.सि कलेजमा, “टक सोे” र “सेफ कम्पिटिसन” सम्पन्न

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एन.टि.एच.एम.सि)ले पहिलो पटक “एन.टि.एच.एम.सि सेफ कम्पिटेसन–२०२१”कार्यक्रम यहि चैत्र २८, २०७७ शनिवारको दिन कलेजको आफ्नै प्राङ्गण, पोखरामा सम्पन्न ग¥यो । उक्त कार्यक्रममा प्रमुख अतिथि बिविसि मास्टर सेफ उपबिजेता सन्तोष साह, अतिथिहरु ग्लोवल नेपलीज सेफ फेडरेसनका अध्यक्ष सेफ लक्ष्मण प्रसाद भण्डारी, महासचिव सेफ मोहन गजुरेल, केन्द्रीय कार्यालय सचिव सेफ विकास डंगोल र केन्द्रीय सदस्य सेफ पशुपति पौडेललाई यसै कलेजमा अध्ययनरत पञ्चकन्याले अविर र आरतीले भव्य स्वागत गरेका थिए । उक्त स्वागत कार्यक्रममा यसै कलेजका प्रिन्सिपल प्रकाश रेग्मी, प्रोग्राम को–अडिनेटर जोक बहादुर थापा लगाएतले फुलमाला र खादा लगाई दिएर अतिथिहरुको स्वागत गरेका थिए । साथै उक्त कार्यक्रममा वि.एच.एम.अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले विभिन्न जातिका भेष भूषा झल्किने गरि सांस्कृतिक नाच देखाएर भव्य स्वागत गरेका थिए । ६ फिट लामो केक “वेल्कम सेफ सन्तोस साह” लेखिएको केक काटेर पनि स्वगत गरियो । कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष अशोक पालिखेले नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेजले नेपालको मात्रै नभईकन विश्वकै चर्चित मास्टर सेफ सन्तोष साहलाई स्वागत गर्न पाउँदा अत्यन्तै खुसि भएको र उहाँका शुभ आर्शिवादले विद्यार्थीहरुलाई मार्ग दर्शन मिल्ने कुरा बताउनु भएको थियो । उक्त कार्यक्रममा यसै कलेजका सेफ राजकुमार कार्कीले सेफ कम्पिटेशन मा भागलिने विद्यार्थी भाई बहिनीहरु लाई भाग लिँदा अपनाउनु पर्ने विभिन्न नियमहरुको बारेमाउल्लेख गर्नुभएको थियो ।

साथै कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले विद्यार्थीहरु लाई यो ठूलो अवसर मिलेको र बि.एचं.एम. दोश्रो, चौथो र छैटै सेमेस्टरका १८ जनाबाट पहिलो चरणमा छानिन सफलभएको र आजको यो कम्पिटिसनमा आफूमा भएको सीपको कुशल तवरले प्रस्तुतिगर्न उत्प्रेरणा र शुभ कामना दिनुभयो । साथै बेल बजाएर उक्त कम्पिटिशनको सुरुवात गर्दे मास्टर सेफ सन्तोष साहले कम्पिटिसनको सुरुवात गर्नु भयोे । यसै गरि विद्यार्थीहरुको जिज्ञासालाई समाधानगर्ने क्रममा“मास्टर सेफसँग टल्क सो” कार्याक्रम पनि यसै दिनकलेजमा संचालन गरियो । उक्त टक सो कार्यक्रममा विद्यार्थीहरु सोनिका श्रीस र प्रतिक गुरुङ्गले चलाएका थिए । कलेजका बिद्यार्थीहरु वाट जम्मा भएका करिव ८५ प्रश्नहरु मध्ये १० बटा बढी सोधिएका प्रश्नहरु मोडरेसन गर्ने विद्यार्थीहरुले सेफ सन्तोस साहलाई सोधेका थिए । प्रश्नहरुको उत्तर दिँदा सेफ सन्तोस साहले आफ्नो अनुभवका आधारमा बिभिन्न उदाहरणहरुका साथ अत्यान्त खुलेर उत्तरहरु दिए ।उनले हस्पिटालिटी ईन्ड्रस्टीमा धैर्यता, सहनशिलता र सफलको बाटोमापुग्ने लक्ष्य निर्धारण गर्नु पर्छ भन्ने कुरा बढी जोड दिए । सेफ कम्पिटेशनको निर्णायकमा सेफ सन्तोष साह, प्रिन्सिपल प्रकाश रेग्मी, सेफ लक्ष्मण भण्डारी र सेफ राजकुमार कार्कीले प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरु छनोट गर्नुभयो । सोही कम्पिटिसनमा कृतिका गौचन प्रथम, साजन गुरुङ्ग दोश्रो र बिमला नेपाली तेस्रो हुन सफलभए । विजेता विद्यार्थी भाई बैनी लाई प्रमाणपत्र र शिल वितरण सेफ सन्तोस साह र प्रिन्सिपल प्रकाश रेग्मीले प्रदान गर्नु भएको थियो । करिव दिवा १ बजे देखी बेलुका ७ बजे सम्म चलेको उक्त कार्यक्रममा यस कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले अतिथिहरुलाई मायाको चिनो प्रदानगरि कार्याक्रम प्रस्तोता प्रीया र एलिना, सम्पुर्णलाई धन्यबाद दिदै र अव प्रत्येक वर्ष यस्तै कार्याक्रम कलेजले गर्ने भनाई का साथकार्याक्रम समापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *