काभ्रेको स्थापित सहकारी श्री मनकामना साकोसको सेवा केन्द्र अब पाँचखालमा पनि


बनेपा । काभ्रे जिल्लाको स्थापित सहकारी मध्येको एक सहकारी हो श्री मनकामना बचत तथा ऋण सहकारी  सस्था लिमिटेड । जसको मुख्य कार्यलय बनेपा पाँच नम्बर वडा (हिमालयण मा. वि. संगै ) रहेको छ । आफ्नै भवनमा रहेको यो सहकारी बनेपालिको मनमा बस्न समेत सफल सहकारी हो । मनकामना सहकारीले गत शनिबार एक औपचारिक कार्यक्रमका साथ पाँचखाल सेवा केन्द्र विस्तार गरेको छ । उक्त केन्द्र पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल बाट उद्घाटन भएको थियो ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख महेश खरेल, नगर उप प्रमुख लक्ष्मी दनुवार, सस्थाको तर्फबाट अध्यक्ष बालकृष्ण दाहाल, सस्थाका प्रमुख कार्यकारी अधिकृत राज कुमार दाहाल, सेवा केन्द्र संयोजक चतुर्भुज तिमल्सिना , तथा अन्य कर्मचारीको उपस्थिति रहेको सस्थाका बरिस्ठ लेखापाल प्रतीक कुइकेलले जानकारी दिए । सस्थाका अध्यक्ष बालकृष्ण दाहालले   पुराना सदस्यहरुको हितका लागि यस आर्थिक वर्षमा अझै नया कार्य गर्ने र यस आर्थिक वर्षमा थप नंया सदस्य बनाउनेे कार्य गर्ने उत्घाटन कर्यक्रम बिच बताएका छन । प्रमुख कार्यकारी अधिकृत राज कुमार दाहालले पाँचखालको कृषि उत्पादन सहजीकरण गर्ने मुख्य हेतुले नै यो सस्थाले केन्द्र विस्तार गरेको र यश कार्यमा निरन्तर लाग्ने प्रतिबद्धता जनाउनु भयो ।

नगर प्रमुख महेश खरेलले समेत आफ्नो क्षेत्रमा आएका बित्तिय सस्थाले आफ्ना नगरका कृषक र व्यवसायिलाई काममा उर्जा मिल्ने कारणले सस्थालाई धन्यवाद समेत व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *