Uncategorizedकाभ्रे विशेष

काभ्रेमा अदालत परिसरबाटै थुनुवा फरार

काभ्रेमा एक थुनुवा जिल्ला अदालतको परिसरबटै फरार भएका छन् । चोरीरडाँका मुद्दामा पक्राउ परी अदालतको आदेशपछि पूर्पक्ष थुनामा रहेका एक थुनुवा बुधबार फरार भएका हुन् ।
फरार हुनेमा खानीखोला गाउँपालिका वडा नं. ६ का सुनिल वाइवा लामा रहेका छन् । उनी अदालतको क्यान्टिनबाट फरार भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार क्यान्टिनमा खाजा खान बसेका लामासँगै रहेका प्रहरीलाई झुक्याएर क्यान्टिनको झ्याल खोलेर फरार भएका थिए ।
लामासहितको टोलीले २०७७ मंसिर ७ गते काभ्रेको पाँचखाल तामाघाटमा रहेको रञ्जन लामिछानेको पसलमा रहेका विभिन्न ब्राण्डका रक्सी चोरी गरेको आरोपमा पक्राउ परेका थिए । २०७७ पुस १५ गते पूर्पक्ष थुनाका लागि कारागार राखिएका लामाको मङ्गलबार र बुधबार अदालतमा वकपत्र गरिएको थियो ।
फरार भएका लामाको खोजी कार्य भईरहेको काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *