काभ्रे विशेषराजनीति

काभ्रे २ : निर्वाचनले तात्दै काभ्रे, कसले मार्ला बाजि यस्तो छ राजनीतिक माहोल

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला नेपाल सरकारका पुर्व प्रबक्ता तथा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाको गृह जिल्ला हो । जसका कारणले गर्दा पनि काभ्रेको निर्वाचन परिणाम के हुन्छ भन्ने कुरामा देशकै चाख हुने विषय स्वभाविक पनि हो । नेकपा एमालेका अध्यक्ष के.पि. शर्मा ओलिको विश्वास पात्र मानिएका बास्कोटाको निर्वाचन के हुन्छ भन्ने कुरा काभ्रेमा मात्रै नभई देशले नै अवलोकन गरिरहेको अवस्था देखिन्छ । नेकपा एमालेको तर्फबाट काभ्रे क्षेत्र नं. २ मा गोकुल प्रसाद बास्कोटाको उम्मेदवारी रहेको छ भने सत्ता गठबन्धनको तर्फबाट भने नेपाली कांग्रेशका शिव प्रसाद हुमागाईको उम्मेदवारी रहेको छ ।

को हुन् बास्कोटाको विरुद्धका उम्मेदवार शिव प्रसाद हुमागाई :
नेपाली कांग्रेशको जिल्लास्तरमा राम्रो प्रभाव राख्न सक्ने नेताका रुपमा काभ्रेमा शिव प्रसाद हुमागाईलाई चिनिन्छ । तर, पाटि भित्रकै गत अधिवेशन र महाधिवेशनलाई हेर्ने हो भने पनि सह महामन्त्रीको दाबी गर्दै आईरहेका हुमागाईले कुनै पनि भुमिका प्राप्त भने गर्न सकेनन् । २०५६ सालमा सांसद भैसकेका हुमागाईको जिल्लामा प्रभाव राम्रै रहेता पनि सांसद हुदाको अवस्थाको परिणाम भने नदेखिएको आम जनमानसमा गुनासो भने देखिन्छ । त्यसपश्चात् निरन्तर निर्वाचनमा आफ्नो उम्मेदवारी दिदै आएका हुमागाईले २०६४ सालको संविधान सभा निर्वाचनमा नेकपा माओवादिको उम्मेदवारसँग पराजय भएका थिए त्यस्तै २०७० मा पनि उम्मेदवारी दिई नेकपा एमालेका उम्मेदवार रामहरि सुवेदीसँग पराजय भएका थिए । त्यसपश्चात् गत निर्वाचन २०७४ मा भने कम्युनिष्ट गठबन्धन हुदा बखत उनको उम्मेदवारी रहेन । तर, अन्य निर्वाचनहरु जसमा उनी आफु उम्मेदवार भएका थिए त्यसबखतको जस्तो सक्रिय भने २०७४ सालको निर्वाचनमा नदेखिएको आचार्य निकट स्रोतले जनाएको छ । तर, हाल भने हुमागाईलाई नेपाली काग्रेशको साथै, नेकपा एकिकृत समाजवादि र नेकपा माओवादि केन्द्रको साथ रहेको छ । जसका कारण हुमागाई निर्वाचन जितिन्छ भन्ने कुरामा ढुक्क भएको देखिन्छ । तर, यति हुदा हुदैपनि काभ्रे क्षेत्र नं. २ को निर्वाचनमा बास्कोटालाई पराजय गराउने कुरा भने त्यति सहज देखिदैन ।

अन्य दल र स्वतन्त्रको राजनीतिक प्रभाव :
काभ्रे क्षेत्र नं. २ मा स्वतन्त्रतर्फ हल्ला गरिए जस्तो प्रभावशालि नेता भने कोहि पनि उम्मेदवार भएको देखिदैन । साथै, अन्य राजनीतिक दलसँगको तुलना गर्ने हो भने केहि प्रभाव रहेको नेकपा माओवादि केन्द्र र नेकपा एकिकृत समाजवादिसमेत गठबन्धनमा आबद्ध रहेका छन् भने पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पाटिको प्रचार भने राम्रै देखिन्छ तर, मतपरिणामको स्थिति भने प्रत्यक्षतर्फ राम्रै आउने छ भने भन्न सकिने स्थिति छैन । त्यस कारण अन्य राजनीतिक दल र स्तवन्त्रले मतको भिन्नता ल्याउने स्थिति भने हालको स्थितिमा छैन ।

कस्तो हुन्छ क्षेत्र नं. २ मा गोकुल प्रसाद बास्कोटा र शिव प्रसाद हुमागाईको प्रतिश्पर्धा :
काभ्रे क्षेत्र नं. २ मा अंकगणीतिय हिसाबले मतपरिणाम गन्दा नेकपा एमालेको मत गठबन्धनको भन्दा १४ देखि १५ हजारको मतान्तरमा कम देखिन्छ । तर, यसो भन्दैमा गठबन्धनले निर्वाचन विजयी हुन्छ भन्ने स्थिति भने होइन । काभ्रे जिल्लाको गत निर्वाचन जस्तो हालको निर्वाचन राजनीतिक अंकगणीतअनुसार नै मत भने आउदैन । जिल्लामा धेरै पटक धेरै उम्मेदवारले निर्वाचनमा जित हाशिल गरे र धेरै पटक धेरै उम्मेदवार मन्त्रीसम्म बने तर, त्यस बिचको अवस्थामा कुनैपनि उम्मेदवारले दिर्गकालिन योजनाका कुनै पनि कार्य भने गरेनन् । नेकपा गठबन्धनपश्चात् काभ्रे जिल्लामा गठबन्धनका उम्मेदवार २ जनाले निर्वाचन विजयी भएका थिए । जसमा क्षेत्र नं. १ मा नेकपा माओवादि केन्द्रका गंगा बहादुुर दोङ(बमध्वज) रहेका थिए भने क्षेत्र नं. २ मा नेकपा एमालेका गोकुल प्रसाद बास्कोटा निर्वाचित भएका थिए । दुबै उम्मेदवारले निर्वाचन विजयी गरेको पहिलो पल्ट नै रहेको थियो । तर, निर्वाचन क्षेत्र नं. १ का उम्मेदवारले आफ्नो घर जाने बाटो सम्म चौडाई गर्न सकेनन् सरकारले गरेका र नगरेका कुनै कार्यलाई प्रंशसा र खबरदारी गर्न सकेनन् । तर, यसको ठिक विपरित गोकुल प्रसाद बास्कोटाले पनि सरकारको राम्रो काम जनतासम्म ल्याउने, गलत कार्यलाई खबरदारी गर्ने सम्मको कार्य गरेको पाईएको छ । यतिमात्रै नभई काभ्रे जिल्ला क्षेत्र नं. २ को विकासले काचुलि नै फेरेको स्थिति आखा अगाडि नै देख्न सकिन्छ । कार्यसम्पन्न नभएका कार्यहरुसमेत दिर्गकालिन योजनाका आयोजना संचालनमा रहेका छन् । जसमा काभ्रे बनेपामा रहेका हेर्दै नजाऔ जस्तो लाग्ने चारदोबाटो गणेशस्थानको पोखरी यतिबेला हेरौ हेरौ मात्रै होइन पर्यटकको आकर्षणको केन्द्र बनेको छ, चादनीचोक हंशराज अगाडि रहेको पोखरी सधै हरियो र फोहोर हुन्थ्यो अहिले बुढा बुढिलाई साझमा भगबानको मन्दिरको शरणमा बस्ने थलो बनेको छ, प्राधिकरण अगाडिको पोखरीमा माछाहरु बाच्ने स्थान बनेको छ, लायकुमा एक हजार भन्दा धेरै मान्छे उपस्थित हुन सक्ने हल निर्माण भएको छ, भित्रि बाटाहरु पिच भएका छन्, पनौतीको रयाले सुनथानको मार्गको दुई लेन चिल्लो बाटो बनेको छ, मण्डनदेउपुर जसको नाम सुन्दा पाँच बर्ष पहिले त्यति टाढा भनेर नाक खुम्चाईन्थ्यो यतिबेला दुई लेनको नगरकोट जाने ३ वटा बाटाहरु निर्माण भएका छन्, पाँचखालमा अनेकोटदेखि बालुवासम्म श्रीराजपाटिदेखी कोशीदेखासम्म बाटो कालोपत्रे भएको कुरा आखा अगाडि नै प्रश्ट देखिन्छ, नालाको चिल्लो बाटोदेखि कुनै समय काकाकुल अवस्थामा रहेको पाँचखालमा खानेपानीको दिर्गकालिन योजनाका कार्यहरु मदन भण्डारी विश्वविद्यालयदेखि सिचाईका लिफ्टिङका आयोजनासम्मलाई काभ्रेका आकर्षक मात्रै होइन पाँच बर्षमा काभ्रेले एक युग नै फेरेको भन्न सकिन्छ । गर्मीको बर्खामा मात्रै नभई जाडोको सितमा सम्म मोटरबाटो चिफ्लििने स्थितिमा रहेको रबिओपिबाट यतिबेला सननन्न पाँचखाल पुग्न सकिन्छ । यो अनपेक्षित विकासको योजना नै हो । पुरातात्विक महत्वका तिनधारा, सेतोपाटिदेखिका सबै क्षेत्रहरु पुणः निर्माण भएका छन् । त्यसले गर्दा काभ्रेमा अंकगणीतले मात्रै काम गदर्छ भने भन्न सकिने स्थिति भने छैन । जसका कारणले गर्दा नै गठबन्धनलाई यस पटक क्याल्कुलेटर थिचेर जोडेको जति मत ल्याउने कुरा फलामको चिउरा चपाउने जस्तै भएको छ । काभ्रे जिल्लामा गोकुल प्रसाद बास्कोटा नेकपा एमालेको उम्मेदवार नभई काभ्रे जिल्ला विकासको साझा मुद्दासमेत बनेका कारणले गर्दा काभ्रे जिल्ला विकासका लागी भएपनि पाटि छोडेरभए पनि एक मत बास्कोटालाई भन्ने हुईम नै जनतासम्म पुगेको देखिन्छ । त्यस्तै बास्कोटाले भाषणमा काभ्रे जिल्ला पाँच बर्षसम्ममा गर्न सकिने विकासको बारेमा प्रकाश पार्दछन् भने गठबन्धनका नेताहरुले गोकुल बास्कोटा र के.पि. ओलीलाई गाली गर्दा गर्दै भाषण सकिने गरेको पाईन्छ ।

 

कस्तो छ बास्कोटाको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेशको क्रममा गरिएको भनिएको अडियोको प्रभाव :
सत्तारुढ गठबन्धनका उम्मेदवार र नेताहरुले भाषण नै पिछे गोकुल बास्कोटाको टेप रहेको भन्दै भाषण गरेता पनि जनताले भने विकास र समृद्धिको यात्रामा अनपेक्षित हिसाबले अगाडि बडेको काभ्रेको समिक्षा गरेका छन् । काभ्रेली जनताले यदि अडियो स्वभाविक हुन्थ्यो भने गठबन्धनको सरकार र एमाले विपक्षीमा रहदा कारबाहि हुनुपर्ने र निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्नुपर्ने स्थिति रहेकोले त्यो स्थिति नदेखिएको कारणले गर्दा नै बास्कोटाले भ्रष्टचार गरेको भन्ने कुरा विपक्षीको चुनावी नारामा मात्रै सिमित भएको देखिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *