जिल्ला सहकारी संघको नयाँ भवन निर्माणको लागि सम्झैता, एक बर्षमा नयाँ भवन

बनेपा । सहकारीको छाता संघठन जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोकले अबको एक बर्षमा नयाँ भवन पाउने भएको छ । जसको कुल बजेट लगभग कुल बजेट सबा चार करोड रहेको छ । भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम, सहकारी विकास कार्यक्रमको पचास प्रतिशत सहयोग र जिल्ला सहकारी संघको पचास प्रतिशत लगानीमा सो कार्यलयको निर्माण हुने भएको हो ।

अन्डरग्राउन्डमा पार्किक रहने, पहिलो तल्लामा तरकारी तथा फलफुलको जिल्ला बजार रहने र माथिल्लो तल्लामा प्रशासनिक भवन रहने जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले जानकारी दिनुभयो ।

जिल्ला सहकारी भवन निर्माणका लागि काठमाडौ स्थित खानी निर्माण सेवा प्रा लि सङ १ बर्षमा निर्माण सम्पन्न हुने गरि आज जिल्ला सहकारी संघ लि बनेपा काभ्रेमा सम्झौता भएको छ । अब जिल्लाको सहकारी अभियानको सार्थकता अभियानकर्मिले महशुस गर्न पाउने दिन धेरै कुर्नु नपर्ने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *