जिल्ला सहकारी संघ, काभ्रेले श्रावण २९ मा अभियानमुखी कार्यक्रम गर्दै

बनेपा । जिल्ला सहकारी संघ लिमिटेड(डिस्कोफ) बनेपा, काभ्रेपलाञ्चोकद्धारा सहकारीमा कर तथा सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गर्ने भएको छ । श्रावणको २९ गते बिहान १० बजेदेखी ४ बजेसम्म उक्त कार्यक्रम उग्रचण्डी बैन्क्वेट, बुडोलमा संचालन रहने जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले जानकारी दिए । यस कार्यक्रमको प्रशिक्षण सहकारी विज्ञ तथा कर र कोष सम्बन्धि स्रोत व्यक्तिबाट दिईने छ । कार्यक्रममा संस्थाको अध्यक्ष÷कोषाध्यक्षं÷व्यवस्थापकमध्येबाट २ जना तालिमका लागि २८ गतेसम्म नाम पठाईसक्न समेत आग्रह अध्यक्ष शर्माले गरेका छन् ।
निवेदन :

Leave a Reply

Your email address will not be published. Required fields are marked *