जिल्ला सहकारी संघ लि., काभ्रेको व्यवस्थापनमा बागमती प्रदेश सहकारी समन्वय उप समितिको बैठक धुलिखेलमा सम्पन्न

राष्ट्रिय सहकारी महासंघ लि., बागमती प्रदेश सहकारी समन्वय उप समितिको प्रथम बैठक जिल्ला सहकारी संघ लि. को व्यवस्थापन तथा संयोजनमा धुलिखेलमा सम्पन्न भएको छ । समन्वय उप समितिका संयोजक तथा राष्ट्रिय सहकारी महासंघ लि. का सञ्चालक सदस्य डि.बि बस्नेतज्यूको अध्यक्षतामा भएको उक्त बैठकमा महासंघ लि.का अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता, संघका निबर्तमान अध्यक्ष केसवप्रसाद बडालज्यूको बिशिष्ट आतिथ्यता र उपाध्यक्ष रमेशप्रसाद पोखरेलको आतिथ्यतामा भएको हो । राष्ट्रिय सहकारी महासं लि. ले सहकारी अभियानको ईतिहासमा नै ७ वटै प्रदेशमा यस्तो खालको उप समिति निर्माण गरी सहकारी अभियानको संस्थागत सुशासन, पारदर्शिता सहित सहकारीको प्रवद्र्धन र विकास गर्ने उद्देश्यका साथ अगाडि बढाएको हो । ७ प्रदेशमा नै पहिलो बैठक भएको हुँदा अभियानले यो बैठक निकै महत्व मानिएको छ । ५ वटा भन्दा बढी बिषयमा कार्यपत्र प्रस्तुत गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथी तथा महासंघका अध्यक्ष मिनराज कँडेलज्यूले पानसमा दीपप्रज्वलन गर्दै उद्घाटन गर्नुभएको हो । बागमती प्रदेशमा रहेका १३ वटै जिल्लाका जिल्ला सहकारी संघ लि. का अध्यक्षहरु, बिषयगत संघका उप समितिमा मनोनयन हुनुभएका अध्यक्षज्यूहरु, प्रदेश सहकारी संघ लि. का अध्यक्ष तथा प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षहरुको कार्यक्रममा सहभागिता रहेको थियो । प्रदेशमा सहकारीका क्षेत्रमा जिल्लामा देखा परेका समस्या, प्रवद्र्धन, विकास तथा समस्याका समाधानहरुका बारेमा विभिन्न बिषयमा छलफल भएको उक्त बैठकमा १५ वटा भन्दा बढी सहकारीका क्षेत्रमा आगामी दिनमा कार्य सञ्चालन गर्ने महत्वपूर्ण निर्णय भएको छ । कार्यक्रममा महासंघ लि.को तर्फबाट बागमती प्रदेश सहकारी अनुगमन प्रतिवेदन डि.बि.बस्नेत, महासंघ लि. का महा प्रवन्धक चित्राकुमारी थाम्सुहांङले राष्ट्रिय सहकारी महासंघले संघहरुको लागि प्रवद्र्धनमा गरेका प्रयास तथा कार्यहरुका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

उक्त बैठकमा राष्ट्रिय सहकारी बैंकका बद्री गुरागाँई, केन्द्रिय बचत तथा ऋण सहकारी संघ, केन्द्रिय कृषि सहकारी संघहरुले बागमती प्रदेशमा भएका प्रगती र आगामी दिनमा गरिने क्रियाकलापहरुका बारेमा प्रस्तुतीकरण गर्नुभएको हो । कार्यक्रम राष्ट्रिय सहकारी महासंघ लि. का अधिकृत अमित अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै महासंघ लि. का निवर्तमान अध्यक्ष केसवप्रसाद बडालले सहकारीहरु उत्पादनसँग जोडिदै अगाडि बढ्न र सहकारी दर्शन, नीति र सिद्धान्तका आधारमा चलाउन प्रत्येक जिल्ला सहकारी संघहरुले पहल गर्नुपर्ने बिचार ब्यक्त गर्नुभएको थियो । साथै समापन समारोहमा बोल्दै महासंघ लि.का अध्यक्ष मिनराज कडेलले यो कार्यक्रम वास्तवमै महासंघ लि. को पहिलो भएको र निकै उत्कृष्ट रहेको बिचार ब्यक्त गर्दै सोचे भन्दा राम्रो भएकोमा सबैलाई शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सुरुमा स्वागत मन्तब्य राख्दै जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माले जिल्ला सहकारी संघ लि.काभ्रको व्यवस्थापनमा आयोजना भएको कार्यक्रममा सहभागिता जनाउनु हुने सबैमा स्वागत गर्दै जिल्ला सहकारी संघ लि. काभ्रेले सहकारी प्र ितगर्दै आएको कार्यहरुको चर्चा गर्नु भएको थियो भने कायृक्रम सफल बनाउन सहयोग गर्ने विन्धबासिनी साकोस, ज्योती मिर्मिरे सामूहिक साकोस र सारथी बहुउद्देश्यीय सहकारी संस्था प्रति आभार प्रकट गर्दै सबैमा शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रदेश संघ, बागमती प्रदेश संघ, बागमती प्रदेशका १३ वटा जिल्ला सहकारी संघका सहित ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रम सहकारीमा भएका समस्या समाधानका लागि उपयोगी सावित हुने विस्वास सहभागिहरुले गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *