काभ्रे विशेषराजनीति

ट्रेड युनियन कांग्रेस बनेपामा संगमको नेतृत्व

राजेन्द्र कोंङा

बनेपा / शनिवार सम्पन्न नेपाली कांग्रेशको भात्री संगठन नेपाल ट्रेड युनियन बनेपा नगर समितिको अध्यक्षमा संगम थापा निर्वाचित भएका छन् । बनेपामा सम्पन्न नगर अधिवेशनले थापाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो। कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका कार्यसमिति सदस्य एव ट्रेड युनियन विभाग प्रमुख सन्तोस गौतमको प्रमुख अतिथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै गौतमले श्रमीक तथा मजदुरको हक हितको लागी बोल्ने ठुलो विशाल संगठन ट्रेड युनियन रहेको जानकारी गराएका थिए । आगामी दिनमा पनि नेपाली कांग्रेश पाटि र संगठन सधै ट्रड युनियनको पक्षमा उभिने प्रतिबद्धता जायर गरेका थिए । कार्यक्रममा अथितिहरुमा भातृ एव सुभेच्छुक संस्था समन्वय शाखा प्रमुख रामराज जोशी ,नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेका अध्यक्ष प्रेम राज शर्मा लगायतको उपस्थिति रहेको थियो ।

समितको उपाध्यक्षमा श्याम थापा, महिला उपाध्यक्षमा चण्डिका मानन्धर ,सचिवमा राम दाहाल, सहसचिवमा सुयोग विष्ट ,कोषाध्यक्षमा विजय श्रेष्ठ रहेका छन्। सदस्यहरूमा विश्व मानन्धर ,अन्जली लामा,अर्चना थापा क्षेत्री ,करण शाही र रोहन श्रेष्ठ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *