अपराध

दाङमा बाबु हत्या गरेको आरोपमा छोरा पक्राउ

४ फागुन, दाङ । प्रहरीले ६३ वर्षीय बाबुलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शान्तिनगर गाँउपालिका-३ बस्‍ने १९ वर्षीय गोपाल मगर रहेका छन् ।

बुधबार दिउँसो १ बजे घरायसी झै-झगडामा मगरले तरकारी काट्ने चक्कुले आफ्नै बाबुको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले बताए ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *