राजनीति

दोलखामा एमालेका उम्मेदवार शिवाकोटीले लिए अग्रता

विमेश सापकोटा

जारी मतगणनामा दोलखामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् ।

३६ हजार ३३६ मत गनिसक्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् भने माओवादीका गङ्गा कार्कीले १४ हजार ७११ मत पाएका छन् । शिवाकोटी १५०३ मतले अगाडि छन् । यसअघि सुरुवातीदेखि नै माओवादीका कार्की अगाडि थिए ।

निर्वाचनमा धाँधली भएपछि दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *