पनौती नगरपालिकाका कोभिडबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

बनेपा – पनौती नगरपालिका जनउत्तरदायी छ भन्ने एकपछि अर्काे उदाहरण पेस गरिरहेको छ ।
सामाजिक उत्तरदायित्व र जनमुखी काम गर्दै आएको पनौती नगरपालिकाले अर्को जनमुखी काम सुरु गरेको छ । पनौती नगापालिकाले कोभिड–१९ बाट मृत्यु भएका मृतकका परिवारलाई रु. २५००० सहयोग स्वरुप बितरण गर्ने अभियान संचालन गरेको छ । जस अन्तर्गत आज नै वडा नं. ४ मा ५ जना, वडा नं. ३ मा ४ जना, वडा नं. २ मा ३ र वडा नं. १ मा २ जाना गरि जम्मा १३ जना कोभिड–१९ का करण मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहयोग गरिएको पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले बताउनु भयो ।
नगरपालिका जनताको सुखदुखमा सधैं भएको र दुखमा मल्हमको काम गर्ने हेतुले यो कार्यक्रम संचालन गरिएको नगरपालिका उपप्रमुख गिता बन्जाराले बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिका प्रमुख भिम न्यौपाने , उप प्रमुख गिता बन्जारा सम्बन्धित वडाका अध्यक्ष, स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिना लगायतको उपस्थितिमा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *