बन्दुक बोकेका तालिबान लडाकूको बीचमा बसेर जब टिभी प्रस्तोताले समाचार भने

अफगानका टेलिभिजन समाचारवाचकले तालिबान लडाकूको बीचमा हेडलाइन पढ्दै गर्दा उनी निकै आत्तिएको देख्न सकिन्छ । तर यतिबेला उनले अफगानी जनतालाई भने नआत्तिन भने ।

बन्दुक बोकेका तालिबानी लडाकूको बीचमा बसेर समाचार पढिरहेको भिडियो क्लिप टिभी स्टुडियोले अनलाइनमा सेयर गरेका छन् । तालिबानी लडाकू स्टुडियोको भवनमा प्रवेश गरेको र समाचारवाचकलाई तालिबानको प्रशंसा गर्न अह्राएको डेलीमेल बताएको छ ।

बीबीसीका याल्दा हाकिमले आइतबार उक्त भिडियो राख्दै ट्वीट गर्दैै लेखेका छन्, ‘अफगानिस्तान टिभी– वास्तविकता ।’

‘हालको राजनीतिक बहस अफगान टिभीमा जस्तो देखिन्छ, तालिबानका लडाकू टिभी प्रस्तोतामाथि निगरानी गर्दै ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *