सहकारी बिशेष

मनास्लु साकोसको ५ औं वार्षिक साधारण सभा सम्पन्न

काभ्रे । बनेपामा रहेको मनास्लु बचत तथा ऋण सहकारी संस्था लि.को पाचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बनेपा नगरपालिका वडा नं १० का अध्यक्ष चन्दबहादुर खड्काको प्रमुख आतिथ्यता संस्थाका अध्यक्ष अजय हुमागाईंको सभापतित्व कार्यक्रम सम्पन्न भएको हो ।
साकोसले १८ गतेदेखि २० गतेसम्म संस्थाको कार्यालयमा साधारण सभा सञ्चालन गरेको थियो ।
कार्यक्रममा उत्कृष्ट नियमित बचतकर्ता सम्मानबाट राजेस मुस्याजु, उत्कृष्ट आवधिक बचतकर्ता सम्मानबाट चण्डेश्वरी श्रेष्ठ, उत्कृष्ट कारोबार सदस्य सम्मानबाट राम मानन्धर, मनास्लु जेष्ठ सदस्य सम्मानबाट गोपाल भक्त पोटे, उत्कृष्ट बाल सदस्य सम्मानबाट उज्जवल वैद्य, उत्कृष्ट खुत्रुके बचतकर्ता सम्मानबाट सुप्रिया बन्जारा, उत्कृष्ट नारी बचत सदस्य सम्मानबाट इन्दकमल कायस्थलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारी सम्मानबाट संस्थाका कर्मचारी विशाल तिमल्सिनालाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *