मिलेनियम साकाेसकाे एघाराै साधारण सभा भब्यताका साथ सम्पन्न

काभ्रे। काभ्रेको बनेपा नगरपालिका वडा नं. ८ मा रहेको मिलेनियम बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट मुन्यश्वर कायस्थ अध्यक्षमा निर्वाचति भएका छन् ।

यसअघि पनि अध्यक्ष रहेका कायस्थ चौथो अधिवेशनबाट सर्वसम्मत पुनः अध्यक्षमा निर्वाचित भएको हो ।

संस्थाको उपाध्यक्षमा जनक थापा, सचिवमा कृष्ण श्रेष्ठ र कोषाध्यक्षमा राजीव लामा रहेका छन् । त्यस्तै सदस्यहरुमा रामचन्द्र भट्टराई, मुनेश कायस्थ, होम कुमारी तामाङ दोङ र गणु प्रसाद चौलागाई रहेका छन् । संस्थाको अधिवेशनले लेखा सुपरीवेक्षक समितिको संयोजकमा शिवशरण कार्की र सदस्यहरुमा मैया पोखरेल केसी र म्हारहेन तामाङ रहेका छन् ।

छरिएर रहेका थोरै पुँजीलाई संकलन गर्दै बचत गरी व्यावसयिकतातर्फ उन्मुख गराउन सहयोग पु¥याउने उद्धेश्यका साथ २०६७ सालमा

स्थापना भएको संस्थामा हाल एक हजार ३ जना शेयर सदस्य रहेका छन् भने कुल शेयर र बचत गरी कुल पाँच करोड  पुँजी रहेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *