काभ्रे विशेष

मेरो बिरुद्वमा भ्रामक प्रचार गरियो – साम्सद लम्साल

बनेपा बागमति प्रदेश सभाका सदस्य तथा नेकपा एकिकृत समाजवादी का प्रदेश कमिटिका सचिव लक्ष्मण लम्सालको विषयमापछिल्ला केहि दिनहरुमा केहि सन्चार माध्यमले भ्रमात्मक समाचार प्रकाशण गरेकोमा आफ्नो आपत्ति रहेको साम्सद लम्साललेसामाजिक सन्जाल मार्फत ध्यानाकर्षण गराएका छन

संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) का सांसद लक्ष्मण लम्सालले समाचारमा आफ्नो नाम बिनाकारण मुछेको दाबी गर्नुभएको छ । सांसद लम्सालले भन्नुभयो ‘यस्तो समाचारको पछि लाग्ने इच्छा मलाई थिएन तर जनमानसमा भ्रम फैलाउने उद्धेश्यले केही तत्त्व कम्मर कसेर लागेको महशुस भएकाले मेरो ब्यहोरा स्पष्ट गर्दछु । केहि दिन अघि मेरो र पर्यटन मन्त्री प्रेम आलेको नाम जोडेर केही अनलाइन मिडियाले मेरो चरीत्र हत्या गर्ने कोशिस गरि पशुपति क्षेत्र बिकास कोषमा तिर्नु पर्ने भाडामा हिनामिना गर्न खोजेको आशयको ‘त्यो पनि पर्यटन मन्त्री आलेको भनसुनमा मिलिभगत भनी’ सुनियोजित, हचुवा र तथ्यहिन समाचार सम्प्रेषण गरेको देख्दा दु:ख लागेको छ ।

वागमती प्रदेशका संसद लम्सालले केही अनलाइन मिडियाहरुले आफ्नो बारेमा पशुपति क्षेत्र बिकास कोषमा तिर्नु पर्ने भाडामा हिनामिनागर्न खोजेको आशयको सुनियोजित, हचुवा तथ्यहिन समाचार सम्प्रेषण गरेको भन्दै समाचारको खण्डन गरेका छ्न।

उनले आफ्नो फेसबुक वालमा यस्तो लेखेका छन :

ध्यानाकर्षण भएको सम्बन्धमा :

यस्तो समाचारको पछि लाग्ने इच्छा मलाई  थिएन तर जनमानसमा भ्रम फैलाउने उद्धेश्यले केही तत्त्व कम्मर

कसेर लागेको महशुस भएकाले  मेरो ब्यहोरा स्पष्ट गर्दछु।

केहि दिन अघि मेरो पर्यटन मन्त्री प्रेम आलेको नाम जोडेर केही अनलाइन मिडियाले मेरो चरीत्र हत्या गर्ने कोसिस गरि पशुपति क्षेत्रबिकास कोषमा  तिर्नु पर्ने भाडामा हिनामिना गर्न खोजेको आशयकोत्यो पनि पर्यटन मन्त्री आलेको भनसुनमा मिलिभगत भनीसुनियोजित, हचुवा तथ्यहिन समाचारसम्प्रेषण गरेको देख्दा  दुख लागेको छ।  समाचार शीर्षकमा  फोटो टासेर ह्मुर फैलाउने गरिसमाचार बनाउदैमा झुट सत्य सावित हुदैन।

) के पशुपति क्षेत्र बिकास कोषले मेरो नाममा भाडा तिर्न आउनु भनी पत्र काटेको ?

)के कोषसँग मैले लेनदेनको कुनै सम्झौता गरेको वा त्यस्तो सम्झौतामा  हस्ताक्षर गरेको देखिन्छ ?

) कम्पनीमा मेरो शेयर कति रहेछ ?

)  कि कतै लिनेदिने डिल गरेको  अडियो /भिडियो कि?

) कि कसैसँग रकम मागेर काम मिलाई दिने कसम खाएको देखिन्छ?

अनुचित काममा संलग्न छैन

तसर्थ आम जनमानसमा भ्रम फैलाउने गरि कुन उद्धेश्य पूरा गर्न यस्तो  समाचार बनाइन्छ मलाई थाहा छैन।  मेरो सम्लगनता नभएकोबिषयमा समाचार बनाउने, भ्रम श्रृजना गर्न योजनाबद्ध प्रचार गर्ने गराउने प्रति दया लागेर आउछ। यी यस्ता झुट खबरले मेरो निष्ठामाथि दाग लगाउन सकदैन।  सम्पुर्ण पार्टी पङ्गती आमजनसमुदायमा फेरि पनि प्रतिबद्धता जाहेर गर्द्छु। धेरै राम्रो गर्न नसकिएकोहोला तर पनि नराम्रो चै पक्कै गरेको छैन, गरिने छैन।

माघ १०,२०७८

केहि दिन यता केहि सन्चार माध्यमले लम्साल प्रेम आलेको सम्बन्ध पशुपति क्षेत्रको भाडामा अनियमितता भएको समाचार बाहिरआएको थियो लम्साल काभ्रेका स्पष्ट बक्ता इमानदार नेता हुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *