अन्तर्वाता

म भुम्लु गाउँपालिकावाशीको दुख सुखमा छु – उपाध्यक्ष कल्पना श्रेष्ठ

लामो समयदेखी नेकपा एमालेमा राजनीति गर्दै आउनुभएका भुम्लु गाँउपालिकाका उप प्रमुख यतिबेला नेकपा एमालेबाट विद्रोह गरि निर्माण भएको नयाँ राजनीतिक दल नेकपा एकिकृत समाजवादितर्फ लाग्नुभएको छ । एमालेमा व्यत्तिवादको चरम सिमा नाघेका कारण नै वाध्यताले आफु नेकपा एसमा लाग्नुपरेको उपाध्यक्ष श्रेष्ठ बताउनु हुन्छ । गाँउपालिकाका निर्वाचित उप प्रमुख श्रेष्ठ काभ्रे जिल्लाका सफल महिला नेतृत्वमध्येको एक पनि हुन । श्रेष्ठ भुम्लु गाँउवासीको दुख र सुखमा नै सँगै हुनेगर्दछन् । उहि उपाध्यक्ष श्रेष्ठसँग समसामायिक राजनीतिक विषयमा गरिएको भलाकुसारी :

दैनीकी कसरी बित्दैछ ?
– गाँउपालिकालाई कसरी विकासका गतिमा अन्य पालिकाभन्दा फरक र बलियो हुनेगरि निर्माण गर्ने, जनताको सुख दुखमा कसरी पुग्ने भन्ने विषयको खोज र कार्यान्वयनमा नै दैनिकि वित्ने गरेको छ ।

राजनीतिमा कसरी आकर्षित हुनुभयो ?
– हाम्रो देश नेपाल निर्माणको चरणमा रहेको छ । लामो राजनीतिक घटनाक्रमपछि हामीले संघिय लोकत्रान्तिक गणतन्त्रलाई संस्थागत गर्न पाएका छौ । यो उपलब्धिलाई संस्थागत गर्नका निम्ती सफल र सक्षम नेतृत्वको आवश्यकता पर्दछ । जसमा म पनि सक्षम छु भन्ने ध्येका साथ नै मैले राजनीतिक यात्रा सुरुवात गरेको हु । राजनीतिमा महिलाको सहभागिता नै आजको आवश्यकता हो । शिक्षित समाज निर्माणकालागिसमेत हामी जस्ता प्रगतिशिल व्यक्तित्वहरु राजनीतिमा आउनुपर्ने देखिन्छ ।

भुम्लुलाई नियाल्दा जनप्रतिनिधि आउनुभन्दा पहिले र आएको ४ बर्षमा के कस्ता परिवर्तनहरु देख्न सकिन्छ ?
– वर्तमान समयसम्म आईपुग्दा भुम्लु गाँउपालिकाले विकासमा एउटा युग नै फेरेको छ । बर्खाको पानिमा मात्रै नभएर हिउदको सितमा समेत मोटरबाटो चल्न नसकेको अवस्थाको सडकहरु अहिले बर्खामा समेत गाडि चल्न सक्ने भएको छ । भौगिलिक हिसाबले ठूलो भुगोल रहेको भुम्लु गाँउपालिका यतिबेला केहि सडक पक्किसमेत बनेको छ । बजेटको सिमित सिमा र ठूलो भौगोलिक अवस्थाका कारण नै हामीले पक्कि बनाउन नसकेपनि गाडि चल्नसक्नेसम्मको राम्रो अवस्था हामीले बनाएका छौ । भुम्लु गाँउपालिकालाई भ्रष्टचारमुक्त पालिका निर्माणका लागी मेरो भुमिका अग्रणी रहेको छ । म भ्रष्टचार गर्दिन र गर्न पनि दिन्न । देशकै राजधानीबाट नजिक रहेको हाम्रो गाँउपालिका कृषि र पर्यटनको अचुर संभावना बोकेको ठाँउ हो । कृषिमा आधुनिकरणसहितको आत्मनिर्भर बनाउने कार्यक्रम हामीले अगाड सारेका छौ भने सडक, बत्ति र सिचाईमा हाम्रो मुख्य चासो रहेको छ ।

कत्तिको सहज छ निर्वाचित भएको पाटिबाट विद्रोह गर्ने कुरा ?
– बास्तवमै यो एउटा चूनौती हो । तर, स्यछाचारी, घमण्डी, दम्बी र आफु अनुकुल पाटि मात्रै हैन देशलाई नै आफ्नो अनुकुल भएमात्रै काम गर्ने नत्र विघटनको बाटोतर्फ लैजाने शासकबाट हामी टाढा बस्न रुचाएका हौ । हामी माधव नेपाल मन परेर र केपि ओलि मन नपरेर फरक पाटिमा रहेका छैनौ । के.पि. ओलिको प्रतिगमनको विरुद्धमा पाटिलाई, प्रणालीलाई, सिद्धान्तलाई र देशलाई माया गर्नेको जमात हामी एक ठाँउमा रहेका छौ । हामी आज टाउको गन्तीको हिसाबमा छैनौ । हामी केहि समयमा नै काभ्रेको राजनीतिक स्थितिमा नै पहिलो स्थानमा पुग्ने छौ । हामीमा प्रतिबद्धता छ र देश र जनताको माया रहेको छ यसलाई जनतासम्म पु¥याउने कार्य अगाडि बढिसकेको छ ।
विद्रोह गर्ने भन्ने कुरा पक्कै पनि सहज भने छैन । आफुले अन्गालेको पाटि र आस्थामाथि आच आउदा हामी यतिबेला खुसी पनि छैनौ । तर, वास्तविक एमाले भने हामी निस्वार्थ रुपमा लागेको नेताका जमात नै हौ । यस मानेमा हामीमा विद्रोहको भाव भने छैन ।

काभ्रेली जनताले तपाईलाई राजनीतिको कुन स्थानसम्म देख्न पाउलान ?
– गाँउवासीले मलाई माया गरेर नै यो मत दिनुभएको हो र अर्को निर्वाचनमा समेत यो भन्दा धेरै मत दिनुहुनेछ मलाई भुम्लुवासीले किनभने हामी जनताको दुख सुखको साथि बनेका छौ अफ्ट्याराका सहारा बनेका छौ । विकास निर्माण त बजेटभएपछि सबै स्थानमा हुने कुरा नै हो तर, विकास निर्माण कस्तो स्थानमा गर्ने के मा गर्ने भन्ने नै प्रमुख चुनौती थियो जुन चुनौतीलाई सामना गरि हामीले समृद्ध भुम्लुको निर्माण गरेका छौ । हाम्रा गाँउवासीलाई कर्मचारीले गाँउपालिकामा काममा ढिलासुस्ती गरिदिए भने हामी त्यस कार्यलाई खबरदार गछौ र सहजै र छिटै कार्यसम्पन्नसमेत गर्दछौ । यहि हो हाम्रो धर्म र यसमा म चुकेको छैन ।

अन्तमा मिडियामार्फत के भन्न चाहानुहुन्छ ?
– अन्तमा मैले समृद्ध भुम्लु निर्माणको लागि मेरो यो कार्यकालमा आफुले सकेको प्रयत्न गरेको छु । जनताको सुखमा सुख बाढ्न र दुखमा दुख बाढ्न सबैको सहजै सम्पर्कमा बसेको छु । भ्रष्टचारमुक्त भुम्लु निर्माणमा अहम भुमिका खेलेको छु । यस कार्यलाई भुम्लुवाशीले मन पराएर आगामी दिनमा पनि यहि माया र सद्भाव राख्नुहुनेछ भन्ने आशा राख्दछु । धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *