अपराध

रुपन्देहीमा चक्कु प्रहारबाट एक जनाको हत्या

गएराति रुपन्देहीको एक प्लाई उद्योगका कामदार बिच झडप हुँदा एक जनाको मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ फर्साटिकामा रहेको प्लाई उद्योगमा मदिरा सेवन गरी त्यहीँका कामदारबीच झडप हुँदा पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–३ का २२ वर्षीय अवधेश हरिजनको मृत्यु भएको हो ।

हरिजनलाई सोही उद्योगमा कार्यरत भारतीय नागरिक रवि सिंहले चक्कु प्रहार गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए । ‘उनीहरु एउटै फ्याक्ट्रीका कामदारहरु हुन् । राति मापसे गरी एक आपसमा झडप हुन गई एक जनाको मृत्यु भएको छ । मृतकका बाबु गोपालचन्द हरिजन घाईते छन्,’ उनले भने, ‘हत्यामा संलग्न रवि सिंह पनि घाइते छन् र निजलाई नियन्त्रणमा लिइसकेका छौं ।’

उनका अनुसार रविले अवधेशलाई चक्कु प्रहार गरेपछि उनका बाबु गोपालचन्द्रलाई पनि चक्कु प्रहार गरेका थिए । अवधेशको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । उनका घाइते बाबु र हत्या आरोपित रवि सिंहको सोही अस्पतालमा प्रहरीको निगरानीमा उपचार भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *