काभ्रे विशेष

रोशीका एमाले कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश

काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं. ४ का एमाले कार्यकर्ताहरु नेकपा (एकीकृत समाजवादी)मा प्रवेश भएका छन् । शुक्रबार एकीकृत समाजवादीको जिल्ला पार्टी कार्यालयमा भएको ४ नं. वडा कमिर्टी गठन तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु प्रवेश भएका हुन् ।

कार्यक्रममा २०४९ को स्थानीय निकायको निर्वाचनमा निर्वाचित वडा अध्यक्ष जिन्लाप सिं लामा र एमाले वडा नं. ४ को उपाध्यक्ष अजय लामाको नेतृत्वमा ३४ जना एमाले कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश भएका छन् । प्रवेश हुनेहरुमा कर्साङ लामा, विर्साङ लामा, रिक्साङ लामा, संगम लामा, अम्बिका माया लामा, गौतम तामाङ, अर्जन लोहर, राजकुमार मगर, मानबहादुर मोक्तान, अमर लामा, दिर्घ लामा, जितमान लामा, उत्तम बोम्जन, ज्ञानबहादुर लामा, विजय लामा, हरिबहादुर तामाङ, डेन्जित लामा, अर्जुन लामा, विनोद लामा, जगतमान तामाङ, निर्मल लामा, कविराज लामा, विकास श्रेष्ठ, विपिन तामाङ, संजीव तामाङ, युवराज तामाङ, टुल्कु लामा, विक्रम लामा, पेमा लामा, ज्ञानबहादुर तामाङ, सरोज लामा, विशाल लामा, बेतमान तामाङ, लगायतका रहेका छन् ।

नवप्रवेशीहरुलाई पार्टीको केन्द्रिय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले स्वागत गरेका थिए ।

भेलालले अजय लामाको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा राजकुमार मगर, सचिवमा निर्मल लामा, उपसचिवमा विकास श्रेष्ठ रहेका छन् ।

सदस्यहरुमा संगम लामा, गौतम तामाङ, मानबहादुर मोक्तान, अमर लामा, दीर्घ लामा, जीतमान लामा, उत्तम बोम्जन, ज्ञानबहादुर लामा, विजय लामा, डिन्जित लामा, अर्जन लामा, विनोद लामा, जगतमान तामाङ, कविराज लामा, विपिन तामाङ, संजीव तामाङ, युवराज लामा, टुल्कु तामाङ, विक्रम लामा, पेमा तामाङ, ज्ञानबहादुर तामाङ, सरोज लामा, विशाल लामा, बेतमान तामाङ, विरसाङ लामा, रिक्साङ लामा, कार्साङ लामा, छ्योइकु लामा, बेतमान लामा, माया तामाङ, सितामाया तामाङ, विजय लामा, देवराज लामा, विराट सिं लामा, केसरी माया तामाङ, निरमाया तामाङ, रिक्साङ तामाङ, निर्मल तामाङ, लालमान तामाङ, लायलदोर्जे तामाङ, इन्द्रध्वज तामाङ, चन्द्र लामा, धनवीर तामाङ, हरि तामाङ, दिनेश विक लगायत रहेका छन् ।

कार्यक्रममा पार्टी पोलिटब्यूरो सदस्य कृष्णप्रसाद सापकोटा, केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष टोकबहादुर वाइबा, केन्द्रिय सदस्य मुकुन्द गौतम, पार्टी जिल्ला सचिव दीपक गौतम, जिल्ला सचिवालय सदस्य ज्ञानेन्द्र तामाङ, नवप्रवेशी कार्साङ लामा लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *