काभ्रे विशेष

समाजवादीको धुलिखेल २ को अध्यक्षमा बलराम चौलागाईं

धुलिखेल  । धुलिखेल २ मा वडा कमिटी गठन भएको छ। एक औपचारिक कार्यक्रमका बिच उक्त वडा कमिटी गठन तथा बिस्तार बैठक भएको हो।
ने.क.पा. एकीकृत समाजवादी बाग्मती प्रदेश सदस्य एबम बाग्मती प्रदेश सभा सदस्य साम्सद लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा ३१ सदस्य वडा कमिटी गठन सम्पन्न भएको हो।वडा कमिटी अध्यक्षमा बलराम चौलागाईं ,उपाध्यक्षमा रमिला तामाङ ,सचिवमा प्रल्हाद न्यौपाने र उपसचिवमा राजाराम केसि रहनु भएको छ।त्यस्तै ध्रुब प्रसाद चौलागाईं को संयोजकत्वमा ४ सदस्य सल्लाहकार कमिटी गठन भएको छ ।सल्लाहकार कमिटी मा सदस्यहरु भवानी प्रसाद धिताल , उद्दब प्रसाद धिताल र दिननाथ ढुंगाना रहनु भएको छ।
वडा कमिटी गठन भएकोमा खुसी व्यक्त गर्दै साम्सद लम्सालले अबको चुनाबमा गलत प्रवृत्ति र भ्रष्टाचार मा लिप्त हुनेलाई जनताले साथ नदिने बताउनुभयो साथै कसैको लोभ र आस्वसनमा नपरी अगाडि बढ्न अनुरोध गर्नुभयो।
बैठकमा जिल्ला कमिटी सदस्य एबम धुलिखेल नगर इन्चार्ज हरिगोपाल प्रधानाङग , जिल्ला कमिटी सदस्य विष्णु सापकोटा , धुलिखेल नगर कमिटी सचीव यादब कोईराला र उत्पीडित जातियमुक्ती समाज धुलिखेल नगर कमिटी का अध्यक्ष सानुभाई बिस्वकर्मा को उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *