सहकारीलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ

लकडाउनको समयमा संस्थागत र ब्यक्तिगत जिवन कसरी वित्यो ?
सबैभन्दा पहिला सहकार्य मिडिया अनलाईनलाई धन्यबाद । ब्यक्तिगत जिवन असमञ्जस्यताको विचमा सामान्य रहेता पनि सहकारी अभियान र संस्थाको विषयमा भने जिम्मेवारीगत ढंगले मनमा सधैभरि पिरल्थ्यो । अब सहकारी अभियान कता जाला ? कस्तो होला ? सहकारी अभियानमा यो प्रतिकुल समयको प्रभाव कस्तो रहला ? तरलतामा कस्तो असर होला ? बर्षबन्दिको समय आईसक्यो, संस्थाको बार्षिक क्लोजिङ्ग के होला ? यस विचमा संस्थाको तर्फबाट सदस्यहरुको लागि के गर्न सकिएला ? आदि सोचबाट गुर्जिदै विभिन्न भर्चुअल तालिमहरुमा सहभागी हुदै, संस्थागत रुपमा सदस्यहरुको लागि यथासंभव सेवात्मक कामहरु गरियो । सदस्य सेवालाई विभिन्न माध्यमद्धारा निरन्तरता दिईयो । जस्तो की बचत जम्मा तथा फिर्तामा अनकल फास्ट सर्भिस, ऋणी सदस्यहरुलाई विलम्ब ब्याजमा शतप्रतिश छुट दिई ब्याजमा १०% सम्म छुटको ब्यबस्था, बनेपा हेल्थ कियरको सहकार्यमा सदस्यहरुको घरघरमा स्वास्थ्य सेवा, औषधीहरुमा विशेष छुटको ब्यबस्था, संस्थाको लागि आवश्यक नीति कार्यविधि निर्माणलाई पनि प्राथमिकताका साथ अगाडी बढाईयो । शायद यि र यस्तै कार्यहरुले गर्दा होला बर्ष बन्दिमा सदस्यहरुको पनि साहै राम्रो सहयोग र सद्भाव रह्यो । बार्षिक क्लोजिङ्ग सफलतापूर्वक सम्पन्न भई तरलता पनि अmभै थप बृद्धि हुन पुग्यो ।

सहकारीमा कसरी आकर्षित हुनभयो, कारण के थियो ?
सहकारीमा आर्कषणको बारेमा इमान्दारिताका साथ भन्नुपर्दा जुन समयमा सहकारीमा प्रवेश गरेको थिए, वास्तवमा सहकारी के हो र यसले के काम गर्छ भन्ने कुरा पनि राम्रोसँग थाहा थिएन । सन २००० देखि नै विभिन्न ब्यबसायिक प्रतिष्ठानहरुमा प्रशासनिक भूमिकामा काम गर्दै आएको थिए र सन २०१० मा बैदेशिक रोजगारीबाट भर्खर नेपाल आएको र अब नेपालमै परिवारको साथमा रहेर केहि गर्नुपर्छ भन्ने सोच थियो र सोहि कारण काठमाण्डौ, हात्तिसारमा बैदेशिक रोजगारको अनुभवलाई संगाल्दै साथीहरुको साझेदारीमा एक ट्राभल एण्ड टुर्स प्रा.लि. खोलियो साथमा एक सहकारीमा पनि महाप्रवन्धकको रुपमा काममा आवद्ध भईयो र पछि बनेपा काठमाण्डौ आहोर दोहोर गर्न गाह्रो भएर यहि बनेपामा बस्ने योजना स्वरुप मोडेल साकोसमा प्रवन्धक आवश्यकता भएको र आफ्नो पनि सहकारीको धेरथोर अनुभव भएको भएर निबेदन गरे र भयो पनि । खासै भन्ने हो भने यस मोडेलमा धेरै दुःख पनि गरियो र मेरो सहकारीको यात्रामा सिकाई र अनुभवको सन्र्दभमा मोडेल साकोस लगाएत संचालक टिमको महत्वपूर्ण योगदान पनि रहेको छ । यहि सहकारी सिकाई, बुझाई र अनुभवसँगै अभियान नै प्यारो र अभिन्न लाग्न थाल्यो । कसैले सहकारी अभियानको बारेमा अलिकतिमात्र चित्त नबुझ्ने कुरा भन्यो भने पनि नराम्रो लाग्न थाल्यो । वि.स. २०७१ कार्तिक देखि एक्सप्रेस साकोसमा यहि अनुभाव र ज्ञानलाई समेट्दै प्रमुख कार्यकारी अधिकृतको रुपमा आफ्नो जिम्मेवारी र भूमिकामा आवद्ध छु जुन संचालक, कर्मचारी साथीहरु तथा सदस्यहरुको साथ र सहयोगले सौभार्द वातावरणमा राम्रोसँग अगाडी बढिरहेको छ ।

 

एक्सप्रेस साकोसले के गर्दै छ ?

एक्सप्रेस साकोस एक सदस्यहरुमा सर्मपित विश्वसनीय र स्थानीय स्तरको ब्यबस्थित संस्था हो जसले सदस्यहरुको आवश्यकता र चाहना अनुरुप आफ्नो परिधीमा रहि उद्देश्य अनुरुपका विभिन्न प्रकारका सेवात्मक कार्यहरु छिटो छरितो ढंगबाट सदस्यहितमा गर्दछ । बचत, ऋण, उचित र सान्र्दभिक ब्याजदर, वित्तिय परामर्श, शिक्षा, स्वास्थ्य आदि कामहरु विभिन्न माध्यमद्धारा गरिरहेको छ ।

सदस्यहरुको सम्बृद्धिका लागि तपाईको संस्थाले के गर्दै छ ?
कुनैपनि सहकारी संस्थाले सदस्यहरुलाई केन्द्र विन्दुमा राखेर नै काम गर्दछ किनकी सहकारी सदस्यहरु द्धारा सदस्यहरुको लागि नै नियन्त्रित ढंगबाट स्वतन्त्रता पूर्वक काम गर्ने सदस्यहरुको आफ्नै संस्था हो । त्यसैले जे जति काम गरिन्छ त्यो सबै सदस्यहरुको हितमा उनिहरुको सम्बृद्धिको लागि नै गर्ने हो । एक्सप्रेस साकोसले पनि सदस्यहरुको चाहना अनुरुप र संस्थाको उद्देश्य अनुरुप नियम कानुनको दायरामा रहेर सदस्यहितका विभिन्न कार्यहरु गर्दै आएको छ र आफुलाई समय सापेक्ष परिस्कृत पार्दै गर्दै अगाडी बढिरहेको छ ।

आगामी योजनाहरु के के छन ?
नीति विधी र प्रविधीमा रहेर सदस्यहितमा निरन्तर सेवा प्रवाह गर्ने नै संस्थाको मूख्य कार्य हो । जसको लागि प्रविधीलाई प्रयोग गरि सदस्यहरुलाई सहयोगात्मक भूमिका निर्वाह गर्ने, सहकारी शिक्षा स्वास्थ्यको क्षेत्रमा आवश्यक समन्वय गरि सेवा पु¥याउने, नेपाल सरकारले लागु गरेका नियम कानुनलाई परिपालना गर्ने र गर्दै जाने । सहकारी अभियानमा एक्सप्रेस साकोसको सरल, सहज र सहयोगात्मक छवि बनाई संस्था एकिकरणका कार्यलाई समेत समय सापेक्ष अगाडि बढाउने ।

सहकारी क्षेत्रलाई अगाडी बढाउन कार्यालय प्रमुखको कस्तो भुमिक हुनु पर्दछ ?
कार्यालयलाई दैनिक रुपमा संचालन गर्ने दखि लिएर भविष्यमा समेत दुरगामी प्रभाव पार्ने जिम्मेवारी र भुमिका कार्यालय प्रमुखको हुने हुनाले कार्यालय प्रमुखको महत्वपूर्ण र जिम्मेवार भूमिका हुन्छ । जिम्मेवारी र सक्रियताको मामिलामा कार्यालय प्रमुख चनाखो हुनु पर्दछ । सहकारी क्षेत्रलाई प्रभावकारी रुपमा अगाडी बढाउनको लागि पनि कार्यालय प्रमुखलाई जिम्मेवार ढंगबाट नेतृत्वतहमा समेत अगाडी बढाउँनु पर्छ । विभिन्न आवश्यकीय तालिमहरु, सुचना, नीति निर्माण लगाएतका क्षेत्रहरुमा पनि कार्यालय प्रमुललाई अग्रसर गराउँदा राम्रो हुन्छ किनकी उसले संस्थाको आधार तह देखि माथिल्लो तह सम्मको जिम्मेवारी, भूमिका र आवश्यकतालाई ब्यबहारिक रुपमा बुझेको हुन्छ ।

सहकारी अभियानका मूख्य समस्याहरु के के देख्नुहुन्छ ?
दशक अगाडीको मूख्य समस्या भनेको संस्था संचालनको थियो भने वर्तमानमा अस्तब्यस्ताको । कसरी भन्नुहुन्छ भने शुरुमा लहडमा सहकारी खोल्ने र माग्ने जति पहुँच भएका मान्छेलाई अन्धाधुन्द विना सुरक्षण लगानी गर्ने तर पछिल्लो समयमा सहकारीमा स्थानको लागि राजनीतिको प्रत्यक्ष प्रभाव देखियो । हानथाप, तछाँड मछाँड । गुट, उपगुट । बाह्य स्वार्थ समुहहरुको पनि भूमिका देखिदै आएको छ । केहि सहकारी संस्थाहरुले आफुखशी संस्थाको प्रयोग गर्दा समग्र सहकारी अभियानमा नै नकारात्मक प्रवाभ परि छविमा समेत आँच आएको छ ।

एक सदस्य एक सहकारीको सम्बन्धि ऐनको बारमा तपाईको विचार के छ ?
मेरो ब्यक्तिगत एक सदस्यको दृष्ट्रिकोणबाट भन्ने हो भने मलाई यो पटक्कै ठिक हो जस्तो लागेको छैन । मेरो विचारमा यसले सहकारी अभियानलाई संकुचित गरि खुम्च्याउन नीतिगत रुपमै मद्दत गर्दछ । कतिपय संस्थाहरुलाई जोखिममा धकेली दुर्घटना निम्त्याउन सक्दछ । कुनै एक सहकारीबाट मात्र सदस्यले अपेक्षित सेवा सुविधा प्राप्त गर्न सक्दैन । सदस्यहको बचत समेत संकुचन हुनसक्तछ । सहकारी–सहकारी विचमा एकाधिकारको अधिपत्य शुरुहुन सक्तछ । सहकारी र बैंकमा खासै अन्तर रहदैन् । यो एकदमै सोचनीय विषय छ । खास अहिलेको आवश्यकता एक सदस्य एक सहकारी हो की प्रवाभकारी कर्जा सुचना केन्द्र ? सहाकारीको संख्या सानो हुँदा सबैप्रकारका सदस्यहरुले सहजरुपमा सेवा सुविधा पाउँछन की एकाध एकाधिकार प्रकारका सहकारी संस्था हुँदा पाउँछन् ? कर्जा सुचना केन्द्र, एकिकरण आहिलेको आवश्यकता हो । जसले सबै प्रकारका जोखिमलाई न्यून गरि संस्था दुर्घटना हुनबाट जोगाउँदछ ।

सन्र्दभ ब्याजदरको बारेमा के भन्नु हुन्छ ?
मैले पढे र बुझे अनुसार ब्याजदर जहिल्यै बजारदर तथा आर्थिक गतिविधिको आधारमा बजारले निर्धारण गर्दछ । निकायले ब्याजदर तोक्ने, नियन्त्रणमा लिने भनेको चाहि अलि जटिल परिस्थितीमा हो । शायद अहिले वहाँहरुलाई सहकारीमा पनि त्यसै भयो भन्ने भएको होला । एकाध संस्थालाई मात्र स्याम्पल्लीङ गरेर गरेको यो कार्य त्यत्ति प्रवाभकारी हुन्छ जस्तो मलाई लाग्दैन । अहिले पनि कतिपय संस्थाहरु कर्मसियल बैंक भन्दा ब्याजदरमा कम छन् । हिजो बैंकले अश्वभाविक ढंगबाट ब्याजदर बढाउँदा सहकारी संस्थाहरु माथिल्लो ब्याजदरमा बचत संकलन गन बाध्य भएका थिए । यदि त्यस्तो अवश्था अर्को कुनै निकायको कारणले सृजना भएमा सहकारी संस्थाले के गर्ने ? बढि दरमा बचत संकलन गरेपछि निश्चय नै मार्जिन कम हुँदा हुँदै पनि ऋणको ब्याजदर बढि हुने नै भयो । बरु बैंकको जस्तो अटोनोमस सिष्टम लागु गर्दा बैज्ञानिक र प्रभावकारी हुन्छ होला जस्तो लाग्दाछ । हो सके सम्म मार्केट दरलाई नियन्त्रणमा लिन तथा मुद्रास्फीतीलाई नियन्त्रण राखन ब्याजदर नियन्त्रित हुनुपर्दछ तर त्यसको लागि विभागले दर तोक्ने होईनकी सिष्टमको आधारमा अटोनोमस बनाउँदा राम्रो हुन्छ जस्तो लाग्छ मलाई ।

सहकारीमा नियमनकारी निकायले नियमन अनुगमन पूरा गरे जस्तो लाग्छ ?
वास्तवमा भन्ने हो भने सहकारीका सिद्धान्त र मान्यतालाई आधार मान्ने हो भने हामी सहकारी कर्मीले निकायहरुको नियमन र अनुगमन कुर्ने नै होईन । हामी आफै सजग र सचेत भएर संस्था संचालन गर्नु पर्दछ । तथापी यसो भन्दैमा नियमनकारी निकायले नियमन र अनुगमन गर्नु पर्दैन भन्ने होईन, गर्नुपर्छ, हेर्नुपर्छ ताकी हामीले हामीलाई अझै सुधारेर परिस्किृत गर्न सकौ । खै मलाई अहिले त्यस्तो लाग्दैन । शायद गरिरहनु भएको होला ।

सहकारीमा क्षेत्रमा बनेपा नगरपालिकाको भूमिका कस्तो देख्नु हुन्छ ?
वहाँहरु पनि यस विषयमा गम्भिरताका साथ काम गरिरहनु भएको होला वा तयारी गर्दैै हुनुहुन्छ होला । सकेसम्म संस्थाहरुका विनियम संसोधन तथा अन्य आवश्यकीय विषयहरुमा समयमा नै कार्यसम्पादन गरिदिनु भएमा बेश हुने थियो । सहकारीका तथा संचालन सम्बन्धि समस्याका बारेमा सहकारी अन्र्तगत स्थापीत विभागले प्रवाभकारी ढंगबाट सहकारीको विकासमा सहयोग र सद्भाव रहने गरि काम गर्नको लागि वहाँहरु तयारी अवश्थामा बस्नु भएको होला भन्ने अपेक्षा राख्दछु ।

काभ्रे जिल्लामा सहकारी अभियान अगाडि बढाउँन कुनकुन निकायबाट के के गर्नु पर्ला जस्तो लाग्छ ?
सबैभन्दा पहिला स्थनीय सरकार सक्रिय हुनप¥यो । मानिसहरुको गाँस बास र कपाससँग सम्बन्धित रहि अगाडी बढिरहेको सहकारी अभियानमा आँच नआउँन दिन गम्भिरताका साथ सरोकारवाला निकायहरुसँग सल्लाह र सहकार्य गरि कामहरु अगाडी बढाउँन प¥यो । कुनै पनि संस्थालाई अफ्ठेरो परेमा खिसीटिउरी गर्ने होईन की आवश्यक सरसहयोग गर्नुप¥यो आवश्यक भएमा नियन्त्रणमा पनि लिनुप¥यो । कुनै पनि संस्थामा समस्या आउनु भनेको समग्र अभियानमा घाउ लाग्नु हो । त्यस्तै संघहरु पनि ब्यक्तिबादी सोच भन्दा माथि उठेर सहकारीको विकास र विस्तारमा सकारात्मक रुपमा अग्रसर हुनुप¥यो । सहकारी अभियानलाई माथी बलियो र प्रवाभकारी बनाउँन स्थानीय निकाय, प्रदेश संघ, जिल्ला संघ, बचत संघ, नेफ्स्कुन लगाएतका भूमिका सकारात्मक र प्रभावकारी हुनपर्दछ ।

अभियानलाई अगाडी बढाउँन भन्नै पर्ने छुटेका तथा यस मेडिया मार्फत केहि छन भने भन्न सक्नुहुन्छ ।
सहकारी अभियान हाम्रो अभिन्न सहयात्री भैसक्यो । हामी सबै कुनै कुनै रुपमा सहकारी संस्थाहरुसँग आवद्ध भएका छौ र सहकारी संस्थाहरुले पनि यो हाम्रो सदस्य हो भनि सौभार्द ढंगबाट हामीलाई सहयोग र सद्भाव ब्यक्त गर्दछ । हामी सबैले यस क्षेत्रलाई माया गर्नुपर्छ, सकारात्मक सद्भाव राख्नुपर्छ । समस्याहरु पर्न सक्छन, समाधान खोज्नुपर्छ । बचत गरेर भविष्यको लागि आर्थिक सुरक्षण गरे जस्तै ऋणको पनि सहि सदुपयोग गरि आर्थिक उपार्जनमा लागौ । सहकारी संस्था सदस्यहरुको आफ्नै घर सरह भएको हुँदा यसको सहि उपयोग गरौ । सदस्यहरुको आर्थिक र सामाजिक रुपान्तरणमा सहकारी जत्तिको सारथी अरु कोहि हुनैसक्तैन त्यसैले यसको संरक्षण गरि विकास र विस्तारमा सबैले आ आफ्नो ठाउँबाट सहकार्य गरौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *