सामाजिक कार्यमा अब्बल बन्दै सिड नेपाल सहकारी
बनेपा । बनेपा नगरपालिका वडा नं. ४ नालामा रहेको सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाको २४ औं बार्षिक उत्सवको अबसरमा आयोजित वृक्षारोपण तथा शैक्षिक सामाग्री वितरण कार्याक्रम सम्पन्न गरेको छ । आज मंगलबार एक औपचारिक कार्यक्रमका बिच बनेपा नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष श्यामसुन्दर श्रेष्ठको प्रमुख अतिथित्यतामा संचालन रहेको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार सिद्धि बहादुर कर्मचार्य, संस्थाका अध्यक्ष रेशम लाल नेपाली र अन्य पधादीकारीको उपस्थितिमा नाला, ब्रम्हा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो ।
साथै वृक्षारोपण कार्यक्रममा सहकारीले सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीसमेत वितरण गरेको संस्थाका प्रबन्धक राजेन्द्र कोगांले जानकारी दिनुभएको छ ।