सहकारी बिशेष

सिड नेपालको स्थापना दिवसमा दिप प्रज्वलनसहित शुल्ला रक्तदान कार्यक्रम

बनेपा । बनेपा नगरपालिका वडा नं. ४ नालामा रहेको नालाकै उत्कृष्ट सहकारी सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिकिटेडले आफ्नो २२ औ स्थापना दिवसको अवसरमा दिप प्रज्वलनसहित शुल्ला रक्तदान कार्यक्रम गरेर मनाएको छ । कार्यक्रममा संस्थाका संथापक अध्यक्ष तथा सल्लाहकार सिद्धि बहादुर कर्मचार्य र अध्यक्ष रेशम नेपालीले संयुक्त रुपमा दिप प्रज्वलन गरेर मनाईएको संस्थाका प्रबन्धक राजेन्द्र कोगांले जानकारी दिनुभयो ।

यही जेठ २९ गते बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म सो संस्थाले आफ्नै भवन परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जना रक्तदाताले रक्तदान गर्नु भएको छ। नेपाल रेडक्रस सोसाइटी , रक्तसञ्चार सेवा ,बनेपा , काभ्रेपलाञ्चोकको प्राविधिक सहयोग र ब्लड डोनर्स एशोसियशन नेपाल (ब्लोदान)काभ्रेपलाञ्चोक शाखासँँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

अध्यक्ष नेपालीले संस्थाको २२औं स्थापना दिवसको अवसरमा त्यसै संस्थाका शेयर सदस्य , सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र विभिन्न उप(समितिका पदाधिकारी तथा सदस्यहरु , कर्मचारीहरु र संस्थालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नेसबैलाई शुभकामना व्यक्त गर्नुभयो । संस्थाका प्रबन्धक राजेन्द्र कोगांका अनुसार कोभिडको विषम परिस्थितिका कारणले गर्दा रक्तदान कार्यक्रमहरु नभएकाले जिल्लामा रगतको कमी दिनानुदिन सुनिएकाले गर्दा नै सो कार्यक्रम गरिएको बताउनु भएको छ ।

संस्थाले कोभिड-१९ बाट संक्रमित आफ्ना सदस्यहरुको सहयोगार्थ कोभिड वेल फेयर फण्ड (covid well fare fund) स्थापना गरेको र निशेधाज्ञाको समयमा सोमबार र बिहीबार गरी हप्ताको २ दिन कार्यालय सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको प्रबन्धक काेगांले जानकारी समेत दिनुभयाे । अत्यावश्यक समस्या परेका सदस्यहरुलाई भने हामीले उहाँहरुको घरदैलोमै पुगेर सेवा प्रवाह गरिरहेका समेत जानकारी गराउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *