हावाजहाजको पेटभित्र………

कृष्ण प्रधान,
हावाजहाजको पेटभित्र बसेर उड़्नु मज्जा कि नमज्जा त्यो ता उड़्नेहरूलाई मात्र थाहा होला । कतिपय हावाजहाजले आफ्ना यात्रुहरूलाई सित्थैमा खानेकुरा दिँदारहेछ….तर त्यो पनि हामीले तिरेका भाड़ाबाटै असुल गर्ने एउटा हवाइकला रहेछ । यसपाली यस्तै एउटा हावाजहाजको पेटभित्र बसेर उड़्ने मौका जुरÞ्यो । रन–वेमा हावाजहाज गुड़्ने बित्तिक्कै सुन्दरी सुन्दरी हवाइ परिचारिकाहरूले किसिमकिसिसका निर्देश दिएपछि एकक्षणमा भटाभट खानेकुरो बाँड़्ने काम भयो । कतिले खाए, कतिले फर्काए ।

हावाजहाज उड़ेको आधाण्टा पछि दिइएको खाना आफ्नै पेटभित्र बिलिन पनि पाएको छैन….तुरुन्तै एकजना सुन्दरी हवाइ परिचारिका आएर सुरिलो स्वरमा…सुरिला औंलाहरू नचाउँदै अनि बान्किला आँखा रसाउँदै भनिन्, तपाई बस्नुभएको सिटको अघिल्तिरको खोपिल्टामा हाम्रो कम्पनीको एउटा पत्रिका छ…त्यो निकालेर हेर्नुहोस्…दया गरेर…अनि हाम्रो कम्पनीद्वारा उत्पादित (विभिन्न सामग्रीको नाम र दाम समेत) सामग्री अहिल्यै नै किन्नुहोस्…अब हामी केही क्षणमै हाम्रो गन्तव्यस्थलमा ओर्लनेछौं ।

अर्की सुन्दरी हवाइ परिचारिका आफ्ना बत्तीस दन्त देखाउँदै सुगाजस्तै बोल्न थालिन् – हामीसित यस्ता स्वादिष्ट, टेसिला खानेकुराहरू पनि छन्…जसले लिन चाहनुहुन्छ तपाईको अघिल्तिर भएको बटन थिच्नोस्…हामी तपाईको काखैमा आइपुग्छौं । सुन्द्ररी हवाइपरिचारिकाको मुखारविन्दबाट प्रक्षेपण भएको “बटन थिच्नोस्…हामी तपाईको काखैमा आइपुग्छौं“ भन्ने वाक्यांश हावाजहाजको पेटभरि रुमलिने बित्तिकै हावाजहाजको शिरदेखि पुच्छरसम्मै बाट ट्याँ….ट्याँ….बज्न थालिहाल्यो । नारायण !

यसपालिको यो हवाइ यात्रामा हवाइ परिचारिकाहरूले आफ्नै कम्पनीद्वारा उत्पादित सामग्री जबरज्ती हवाइ यात्रुहरूलाई किनाउने लिँड़ेढिपी गरेका देख्दा रेलमा चढ़ेर यात्रा गरेको जस्तै नै लाग्यो । रेलमा पनि ता स्टेशन–स्टेशनमा घुमन्ते पसलेहरू चढ़ेर किसिम सामग्री जबरजस्ती बेच्ने गर्दछन् । हवाइजहाजका पेटभित्रका सुन्दरी परिचारिकाहरुका सुन्दर बान्किला मुहार, सुरिला–टेसिला बोलाइ, सलक–सलक परेका कोमल आकर्षिला हातहरूले आफ्नो अघिल्तिर उभिदिँदा कुन हरिलट्ठकले उनीहरूले ल्याएका सामग्री फर्काउनÞे दुःस्साहस गर्लान् । यो स्थिति देख्दा हावाजहाजको पेटभित्र र रेलको डब्बाभित्र मैले फरक र भिन्नत केही देखिनँ । रेलमा सामग्री बिकाउने घुमन्ते पसलेहरूका रुपरङ, जीउडाल तथा खस्रा मुहारट हेर्दा प्रेशर कुकुरमा हालेर पकाउँदा पनि दस सिटीमा पनि नपाक्ने खस्रा अनुहार, डिङ्गर काले, छिप्पेका भण्टाजस्तो औंली…प्रायः सबै कनै लुङ्गीमा । रेलको डब्बाभित्र आफ्नो समान बिक्री गर्न आउनÞे यी घुमन्ते हकरहरूले हावाजहाजको पेटभित्र आइरहने परिचारिकाहरूले जस्तै स्कर्ट लाउँदा हुन् ता यिनीहरूको कालो फिला देखेर कस्तो हरेश लाग्थ्यो होला ? धन्य ! हावाजहाजका पेटभित्र ओहोर–दोहोर गरिरहने हवाइ परिचारिकाहरू लुङ्गी लाउने हुँदैनन् ।
हावाजहाजको पेटभित्र सुन्दरी–सुन्दरी हवाइ परिचारिकाहरुले आफ्नो कम्पनीका सामग्री बिकाउने भरमग्दूर प्रयास गरेका देख्दा मलाई कस्तो लाग्यो भने निकट भविष्यमा बादलको थुम्का थुम्कामा हवाइ स्टेशन बनिनेछन् र त्यहा पनि दस ÷ पन्ध्र मिनटको निम्ति हावाजहाज रोकिनेछ अनि उक्त हावाजहाजको पेटभित्र कम्पनीकै बरÞ्याम सुन्दरीहरू मुस्कुराउँदै पस्नेछन् अनिÞ आ–आफ्ना कम्पनीका सामग्रीहरू बेच्नलाई हवाइयात्रुहरूलाई आफ्नो सुरिलो स्वर र बान्किलो छड़Þके हेराइले मक्ख र पक्क पारेर आफ्नो हातमा भएका सामग्री नबेची श्वास बिसाउने थिएनÞन् । पाइलट र सह–पाइलट एकक्षण हावाजहाजको पेटभित्रबाट ओर्लेर कम्पनीकै रेष्टुरेण्टमा चियापानी गर्नेछन् । रेलको डब्बाभित्र घुमन्ते पसलेहरू गीत गाउँदै, किसिम–किसिमका स्वर निकाल्दै आफ्नो सामग्री बिकाउन लागे झैं यी सुन्दरी–सुन्दरी परिचारिकाहरू पनि गीत गाएर होइन मुसुक्क मुस्कुराइ दिएरै हवाइयात्रुहरूलाई हुरुक्कै र भुतुक्कै पारी आफ्नो सामग्री हावाजहाजको पेटभित्रै सिद्घ्याउने छन् ।
तर एउटा कुरो के’मा सञ्चो लागेको छ भने, रेलमा चढ़ी दिल्ली, मुम्बई, बङ्गलोरबाट आउँदा स्टेशनै पिछे ५–का दाज्यू (६) अनि ७–का भाइ (६) (छक्का) हरू थपड़ी बजाउँदै ग्वारग्वार्ती रेलको डब्बामा चढ़ी पैसा मागेजस्तो वा पैसा नदिँदा फिलामै चिरिक्कै चिमोटेजस्तो यी हवाइ परिचारिकाहरू चिमोट्ने हुनेछैनन् । तर निकट भविष्यमा हावाजहाजको पेटभित्र सुन्दरी–सुन्दरी परिचारिकाहरू ग्वारग्वार्ती चढ़ी पैसा नमागे पनि छक्काले जस्तै चिरिक्क चिरिक्क फिलामै चिमोटदैनन् भन्न सकिन्न । रेलका डब्बाभित्रका यात्रुहरू पनि कति ता त्यस्तै हुन्छन् नि मोराहरू ! हिजड़ाले मज्जाले फिलामै चिमोटोस् नै भनेर रेलको बर्थमा सुतेको बहाना गरी सुतेजस्तै गरिदिन्छन् । हिजड़ाको चिमोटाइँमा टेसिलो आनन्दानुभूति उपलब्ध हुँदो हो मोराहरूलाई । तर हावजहाजमा सुत्ने ठाउँ भए पो सुतेकोजस्तो बहाना गर्नु ? मेरो विचारमा हिजड़ाहरूको छिप्पेको औंलीको चिरिक्क चिमोटाइँभन्दा पनि हवाइपरिचारिकाहरूको मुस्काइ नै काफी छ हवाइयात्रुहरूलाई ।
निकट भविष्य हावाजहाज कम्पनीले चिरिक्कै चिरिक्कै चिमोटने हवाइ परिचारिकाहरू पनि उपलब्ध गराए अरु ता को’नि म चाहिँ महिनामा दुइचोटि हावाजहाज चढ़्ने नै थिएँ । सिलिगुड़ी (उत्तर बङ्गाल) भारत सुसन्देश सप्ताहिकमा प्रकशित

सुसन्देश सप्ताहिकमा प्रकाशित

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *