सहकारी बिशेष

आर्थिक विकास मित्र साकोसको १६ औ बार्षिक साधारण सभा सम्पन्न

पाँचखाल । पाँचखाल नगरपालिकाकै सबैभन्दा सर्बोकृष्ट सहकारी आर्थिक विकास मित्र वचत तथा ऋण सहकारी संस्था लि।को १६ औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष सरोज सापकोटा को शभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ लि काभ्रेका अध्यक्ष दिलिप शर्माले प्रमुख अतिथीत्यता ग्रहण गर्नुभएको थियो । कार्यक्रममा जिल्ला वचत संघ काभ्रेका सचिव सुरेन्द्र पौडेल, पाँचखाल नपा कृषि तथा सहकारी शाखाका सुदर्शन वोलखे, पाँचखाल नगर सहकारी समन्वय समिति पदाधिकारी शिवहरी लामिछाने, प्रगतिशिल बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष केशव प्रसाद काप्mले,स्वेच्छा साकोस का अध्यक्ष ओमकार श्रेष्ठ, प्रतिष्ठा कृषि सहकारी का अध्यक्ष ज्ञान व थापा, ग्रामिण महिला बहुउद्देश्यीय सहकारी संस्था लि. का संचालक लक्ष्मी गिरी,संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार इश्वरी राजकुमार मैनाली, पुर्व अध्यक्ष एवं सल्लाहकार दामोदर अधिकारी, सल्लाहकार रामशरण लुइटेल, सल्लाहकार रामशरण दाहाल लगायतका सहकारी अभियन्ताहरु अतिथी रहनुभएको थियो ।

कार्यक्रम संस्थाका सचिव नारायण प्रसाद ढुंगानाले संचालन गर्नुभएको थियो । कार्यक्रममा संस्थामा उपाध्यक्ष सत्यवति भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो । जय श्रीकृष्ण पार्टि प्यालेस, पाँचखालमा संचालन भएको साधारण सभामा कुल सदस्यको ७४ प्रतिशत सदस्यको उपस्थिती दर्ता भएको संस्थाका अध्यक्ष सरोज सापकोटाले जानकारी दिनुभयो । सभाले अध्यक्ष सरोज सापकोटा द्धारा प्रस्तुत प्रतिवेदन, सचिव नारायण प्र ढुंगाना द्धारा प्रस्तुत प्रगति प्रतिवेदन तथा प्रस्तावित निती कार्यक्रम, कोषाध्यक्ष राजन कार्किद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन, लेखा संयोजक वद्रि प्र आचार्यद्धारा प्रस्तुत लेखा प्रतिवेदन उपर छलफल सहित पारित गरेको छ ।

प्रतिवेदनमा २०७९ असार मसान्तसम्म सहकारीमा ९३ करोड ६५ लाख ५९ हजार ३४० कारोबार,९ हजार ३५८ जना सेयर सदस्यबाट ८ करोड ७३ लाख सेयर पुँजी, ६१ करोड बचत संकलन, ८० करोड ऋण लगानी, जगेडा कोषमा ६ करोड ३५ लाख रहेको जानकारी दिनुभएको थियो ।

उहाँका अनुसार संस्थाले १५ आना जग्गामा कार्यालय भवन बनाएर सेवा प्रदान गरिरहेको छ । बनेपा र मण्डनदेउपुर नगरपालिकामा सेवा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको सहकारीले सामाजिक सेवामुलक गरेको जानकाीरी दिनुभयो ।
सचिव नारायणप्रसाद ढुंगानाले एक बर्षमा सहकारीले गरेको प्रगतीको प्रतिवेदनको पेस गर्नुभएको थियो । सहकारीले एक बर्षमा ९५८ जना सेयर सदस्य थप गरेको छ । मानव संसाधन, तालिम तथा गोष्ठि संचालनको बारेमा उहाँले प्रतिवेदज पेस गर्नुभएको थियो ।


कोषाध्यक्ष राजन कार्कीले एक बर्षमा गरेको आर्थिक प्रतिवेदनको बारेमा विवरण सार्वजनिक गर्नुभयो । सहकारीले कोभिडको महामारीमा समेत जुधेर यो अवस्थामा आएको बताउनुभयो । लेखा समितीका संयोजक बद्रीप्रसाद आचार्यले संचालक समितीका कृयाकलापसँग सम्बन्धित रहेर प्रतिवेदन पेस गर्नुभयो । प्रमुख अतिथि शर्माले सहकारीमा लाग्नु अबसर हो कि चुनौती हो भन्ने कुरा नै छुट्याउन गाह्रो हुने परिस्थिति निर्माण भएको र यसलाई चिर्न आवश्यक रहेको बताउनु भयो । सहकारीको बारेमा आफ्ना सदस्यहरुलाई राखेर सबै क्षेत्रको जानकारी दिनसमेत आवश्यकता बढ्दै गएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *