काभ्रे विशेष

काभ्रे जिल्लामा हामी नेकपा एमाले भन्दा बलियो छौ – बसुन्धरा हुमागाई

बनेपा । बनेपामा भएको नेकपा एकिकृत समाजवादि काभ्रे जिल्लाको कमिटिको भेलालाई सम्बोधन गर्दै प्रदेश सांसद हुमागाईले काभ्रे जिल्लामा नेकपा एकिकृत समाजबादि नेकपा एमाले भन्दा बलियो भएको बताएका छन् । नेकपा एमाले काभ्रे जिल्लालाई नेतृत्व गरिरहेका नेतासँग सबैको असन्तुष्टि रहेको र घटनाक्रममा त्यो देखिने समेत सांसद हुमागाईले खुलासा गर्नुभएको छ । धेरै संसदिय फाटमा रहेका र नरहेका कार्यकर्ताहरु समेत हामीतिर आउने आन्तरिक तयारी समेत भईसकेको उनले जनाएका छन् ।

कार्यक्रममले काभ्रे जिल्लाको नेकपा एमालेको सामानान्तर कमिटीलाई नेकपा एकिकृत समाजवादिमा परिणत समेत गरेको छ । बैठकलाई जिल्ला अध्यक्ष टोक बहादुर वाईबा, संविधानसभा सदस्यद्धय कृष्ण प्रसाद सापकोटा र विदुर सापकोटा, पुर्व सांसद शिब बहादुर देउजा, प्रदेश सांसदद्धय लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *