समाचार

के हो तुलसि सार्ने एकादशि, किन छ यसको महत्व

अाज एकादशि हाे । याे एकादशिलाई हरिशयनि एकादशि वा अाजकाे दिनलाई तुलसि सार्ने एकादशि पनि भनिन्छ । हिन्दु परम्पराअनुसार निर्जला एकादशिमा राखेको तुलसिकाे दल घर,घरमा रहेकाे तुलसिकाे मठमा सार्ने चलन छ। अाजदेखि चार महिना (चतुर्मासा )सम्म हिन्दु धर्मावलम्बीको घर घरमा तुलसिकाे नियमित पूजा गरिन्छ । हरि भन्नाले श्रिहरि भगबान विष्णु र शयनि भन्नाले सुत्नु भन्ने अर्थ लाग्छ । त्यसैले चतुर्मासाकाे समयममा भगवान विष्णु स्वर्गबाट पाताललाेकमा अाराम गर्न गुप्तबासमा जाने र त्यहि निदाउनु हुनेछ भन्ने धार्मिक विश्वास गरिन्छ । भगवान श्रिहरि विष्णुकाे अनुपस्थितिलाई पूर्ति गर्न विष्णुकाे प्रतिक तुलसिलाई पूजा गर्ने परम्परा रहि अाएकाे छ ।घरमा तुलसि राेप्नाले पूण्य प्राप्त हुने मान्यता छ । साथै बिज्ञानले पनि घर वा बगैचामा तुलसि राेप्नु र तुलसिकाे नियमित सेवन गर्नाले स्वास्थमा उचित लाभ हुने कुरा प्रमाणित गरिसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *