चौरीदेउराली जनताको साथमा कांग्रेश कार्यक्रम संचालन
चौरीदेउराली । काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाँउपालिकामा जनतासँग कांग्रेश कार्यक्रम संचालन भएको छ । चुनाव नजिकिदै गर्दा जनतासम्म पुगी गुनासो सुन्ने र गाँउपालिका र सरकारकोतर्फबाट संबोधन गर्ने कार्यमा चौरीदेउरालीको कांग्रेशको सक्रियता बढ्दै गैरहेको छ । कार्यक्रमको सभापतित्व गाँउपालिकाका निर्वाचित उपाध्यक्ष शेरबहादुर लामाले गरेको थिए । कार्यक्रमको प्रमुख अथिती जिल्ला समितीका सह सचिब समीर ब्याञ्जु, विशिष्ट अथितीमा जिल्ला समिती सदस्य तथा श्रमीक तथा ट्रेड विभाग प्रमुख सन्तोष गौतम र अथीतिमा महाधिवेशन प्रतिनिधि माधब पन्त, उस्पर सुनार, क्षेत्रिय सचिव किश्वर गिरि, पुर्ब जिल्ला समिति सदस्य पेमा लामाले अथीतित्यता गरेका थिए ।

कांग्रेशले गठबन्धन हुदा र नहुदा पनि काभ्रेलाई कांग्रेशमय बनाउनु पर्ने आवश्यकता रहेको नेता गौतमले जानकारी दिएका छन् ।