काभ्रे विशेष

जनार्दन शर्मा गैरजिम्मेवार हुन – नेता भण्डारी

दिनेशराज खरेल

बनेपा २५ असार / नेकपा एकीकृत समाजवादिका बिद्यार्थी नेता बदन भण्डारीले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा गैरजिम्मेवार भएको बताएका छन । काठमाडौमा क्लासिक खबर युटुब च्यानलसंगकाे अन्तरवार्तामा बाेल्दै नेता भण्डारीले पदमा रहदा रहदै अर्थतन्त्र डामाडाेल पार्ने मन्त्रीलाई किन? सजाय नदिने भन्दै प्रश्न गरेका थिए । उनले भने ” लाेकतान्त्रिक ब्यवस्थामा सार्वजनिक प्रश्न उठदा पनि पानीमाथिको अाेभानाे बन्ने चलन छ , याे राम्रो हाेइन। मन्त्रालयको सिसिटिभि फुटेजकाे सन्दर्भमा शर्माले पदिय मर्यादा विपरीत उत्तर दिएर पन्छिन खाेजेकाे देखियो ।सिसिटिभि जडान तथा सञ्चालन सम्वन्धि ऐन अनुसार सिसिटिभिका फुटेजहरु न्युनतम ३ महिना सुरक्षित राख्नुपर्ने प्राबधान छ , त्यस विपरीत डिलेड भयाे , हरायाे भन्दै सदनबाट जनता र जनप्रतिनिधिलाई ढाटेकाेमा खेद प्रकट गरेका थिए “। शर्माले ब्यापारीकाे सेटिङमा भ्रष्टाचार गरि करोडौं रुपैयाँ अपचलन गरेको अाराेप छ। नेता भण्डारीले भने -शर्मालाई कानुन अनुरुप कारबाही गरियाेस।शक्तिको अाधारमा उन्मुक्ति दिने प्रयास गरिएमा नेकपा एकीकृत समाजवादी विद्यार्थी सङ्गठनले खबरदारि गर्ने छ। देशकाे अर्थतन्त्र धरासायि र डामाडाेल पार्ने छुट कसैलाई छैन हामी यसकाे घाेर भत्सना र विराेध गर्दछाै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *