जिल्लाकै अब्बल सहकारी बन्दै सारथी बहुउद्देश्यीय
ब नेपा/धुलिखेलमा केन्द्रीय कार्यालय तथा तीन वटा स्थानमा सेवा केन्द्र रहेको सारथी बहुउद्देश्यीय सहकारीको सातौं बार्षिक साधारण सभा बागमती प्रदेश सहकारी महाशाखाका रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी ज्ञवालीले हाल सहकारी संघ संस्थाहरुमा देखा परेका विविध समस्याहरुलाई समाधान गर्नका लागि प्रदेशले आफ्नो क्षेत्र भित्र रहेका जिल्ला सहकारी संघलाई अधिकार सहितको अनुगमन तथा नियमन गर्ने पाउने अधिकार दिने गरि कार्यविधी निर्माण भैसकेको बताए । जसबाट सहकारी हाल देखिएको समस्याहरु समाधान हुने बिचार ब्यक्त गर्नुभयो भने सारथी बहुउद्देश्यिय सहकारी संस्थाले वास्तविक शेयर सदस्यहरुका लागि आय आर्जन, रोजगारी तथा जीविकोपार्जन लगायतका योजना सहित कार्य गर्दै आएकोमा धन्यावाद ब्यक्त गर्दै संस्था सहकारीकमा मूल्य मान्यता अनुसार चलेकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा बागमती प्रदेश दुग्ध विकास कोर्डका कार्यकारी उपाध्यक्ष टिकाबल्लभ सापकोटा, पाँचखाल नगरपालिका तथा धुलिखेल नगरपालिकाको उपप्रमुख सुर्यमाया दनुवार र निराजन जंगम, कोअपरेटिभ म्यानेजर क्लबका अध्यक्ष मदन बस्नेत सारथी बहुउदेश्यीय सहकारीले समग्र जिल्लाको समृद्धिमा काम खेलिरहेको बताए ।
सहकारीका उपाध्यक्ष रोशनी उपाध्यायले स्वागत मन्तव्य राखेको कार्यक्रम विदुर गौतमले संचालन गरेका थिए ।
सो कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी, जेष्ठ नागरिक, सहकारीका सदस्य रहनु भएका जनप्रतिनिधीहरु धुलिखेल नगरपालिकाका उप मेयर निराजन जंगम, पाँचखाल नगरपालिकाका उप मेयर सुर्यमाया दनुवार, बनेपा न.पा. वडा नं ११ का वडा अध्यक्ष शिवकुमार थापा, ५ का वडा अध्यक्ष बलराम अधिकारी धुलिखेल न. पा. ३ का वडा अध्यक्ष गणेश आचार्य लाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष दिलिप शर्माले चालु आर्थिक बर्षको लागि निती योजना तथा कार्यक्रम तथा ३३ करोड बरावरको वासलात पुर्याउने लक्ष्य सहितको योजना प्रस्तुत गर्नुभएको थियो ।

 
			 
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    