सहकारी बिशेष

जिल्ला सहकारी संघ लि. काभ्रेले ३ दिने तालिम सम्पन्न गरयो

काभ्रे, जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकको आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको लागत सहभागितामा ३ दिने सहकारी संस्थाहरुका लागि भएका तालिम कार्यक्रम जिल्ला प्रशासन कार्यालय, धुलिखेल काभ्रैपलाचोकका प्रमुख जिल्ला अधिकारीको हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा बनेपामा सम्पन्न भएको छ ।
तालिम कार्यक्रममा सहभागीहरुलाई सहकारी के हो, सहकारीका सिद्धान्त, मूल्य मान्यता अवधारणा सहित सहकारीमा लेखा भनेको के हो ? यसको महत्व, सहकारीका विभिन्न कोषहरु, सहकारीका ४ खाताहरु आम्दानी खर्च सम्पत्ी दायित्व लगायतका विषयमा व्यवहारिक अभ्यास सहित समूगत रुपमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा आभाष साकोसका प्रमुख व्यवस्थापक सुवास बैद्यले ३ दिनसम्म सहभगिहरुका सहकारीका समस्या समाधानका उपाय तथा व्यवहारिक ज्ञान सम्वन्धि सहजिकरण गरेका थिए । जिल्ला सहकारी संघ लि. का शिक्षा तालिम व्यवस्थापनका संयोजक तथा सञ्चालक सदस्य ठाकुरनाथ अधिकारकिो शभापतित्वमा सम्पन्न भएको थियो ।
तालिको समापन समारोहमा बोल्दै प्मुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लामा रहेका सहकारी संस्थाहरु प्रवद्र्धनको लागि जिल्ला सहकारी संघ लि ले गरेको काम उल्लेखनीय रहेको र नेपालको संविधानले सहकारीको क्षेत्रको बारेमा विभिन्न अनुसूचीहरुमा समेत उल्लेख गरेको हुँदा आम समुदायको विकासमा यसको महत्व रहेको धारणा राख्नु भएको थियो भने जिल्लामा सहकारी क्षेत्रमा जिल्ला सहकारी संघले अझ बढी उल्लेखनीय कार्यहरु गर्नुपर्ने बिचार राख्नुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माले जिल्ला सहकारी संघ लि. ले हालसम्म गर्दै आएका प्रवद्र्धनात्मक कार्यहरुको चर्चा गर्दै सहकारीको क्षेत्रमा उत्कृष्ट जिल्ला सहकारी संघको रुपमा विकास गर्न यसको क्षमता विकास, तालिम, अन्र्तक्रिया, छलफल लगायतका कार्यक्रमहरु आगामी बर्षहरुमा समेत गर्दै जाने र यसका लागि जिल्ला सहकारी संघ लि. र संघ संस्थाहरु बीचको सम्वन्ध आर्थिक, सामाजिक रुपले अगाडि बढाउँदै लानु पर्ने धारणा राख्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । ४३ जना सहभागिहरु उपस्थित उक्त कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने ३ दिने तालिम कायृक्रम फलदायि रहेको र यसले संस्थाको विकासमा सहयोग पुग्ने धारणा समेत सहभागिहरुले मन्तब्यको क्रममा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *