समाचार

निषेधाज्ञामा २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात

दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार १६ वैशाखदेखि २५ जेठसम्ममा उल्लेखित परिणाममा खाद्यान्न आयात भएको हो ।

निषेधाज्ञाबीच दाल, चामल, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, एलपीजी ग्यास, पेट्रोललगायत उल्लेख्य आयात भएको पाइएको छ । गत १६ वैशाखदेखि दाल÷गेडागुडी २९ हजार ८ सय ४५ मेट्रिक टन आयात भएको छ । तरकारी ४६ हजार १ सय ४५ मेट्रिक टन, फलफूल, ३१ हजा ४ सय ४ मेट्रिक टन, २ सय २८ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार ४६ हजार ९ सय ७८ मेट्रिक टन एलपीजी ग्यास, १ लाख ३२ हजार ४ सय ८ किलोलिटर डिजेर ४२ हजार ६ सय ६२ किलोलिटर पेट्रोल भित्रिएको छ ।

हाल, सरकारी निकायको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २ लाख ६९ हजार ९५ क्विन्टल खाद्यन्न मौज्दात रहेको छ ।
निषेधाज्ञा अवधिमा खाद्य कम्पनीको विभिन्न बिक्री कक्ष तथा कार्यालयबाट १ लाख ९० हजार ३३ क्विन्टल खाद्यान्न बिक्री भएको छ । सुगम जिल्लामा ८१ हजार ३ सय ६ क्विन्टल र अन्य २४ जिल्लामा १ लाख ९ हजार ४ सय २७ क्विन्टल खाद्यान्न बिक्री भएको मन्त्रालयले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनसँग आयोडिनयुक्त नुन १ लाख ५३ हजार ९ सय ६४ मेट्रिक टन मौज्दात छ । मन्त्रालयका अनुसार कर्पोरेसनसँग ६ सय ९९ मेट्रिक टन चिनी र निजी क्षेत्रसँग २१ हजार ५७ मेट्रिक टन चिनी मौज्दात छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *