नेकपा एमाले काभ्रे क्षेत्र नं. २(ख)को उम्मेदवार बन्दै नेता दाहाल
बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा पनि देशैभरिमा जस्तै निर्वाचनको चर्चा चलिनै रहेको छ । नेकपा एमाले काभ्रे जिल्ला उम्मेदवार छनोटको अन्तिम चरणमा रहेको छ । नेकपा एमाले काभ्रे जिल्लाबाट प्रतिनिधि सभा क्षेत्र नं. २ मा गोकुल बास्कोटा सर्वसहमत उम्मेदवार भएका थिए भने अन्य सबै क्षेत्रमा उम्मेदवारहरु को बन्ने भन्ने प्रतिस्पर्धामा रहेको छ । काभ्रेपलाञ्चोक जिल्लामा दुई क्षेत्र प्रतिनिधि सभा क्षेत्र रहेको छ भने ४ वटा प्रदेश सभाको क्षेत्र रहेको छ । त्यसैबिच सत्ता गठबन्धनलेसमेत काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं. १ नेकपा माओवादिलाई उम्मेदवार बनाउने र क्षेत्र नं. २ नेपाली कांग्रेशलाई उम्मेदवार बनाउने टुंगो लागेको छ ।
काभ्रे प्रदेश क्षेत्र नं. २(ख) मा नेकपा एमालेबाट कुमार थापा, रामशरण दाहाल, किशोर थापा, नवराज बजगाई, माधुरी सापकोटा, आत्माराम थापा र केदार सापकोटाको नाम सिफारिस भएको छ । सिफारीस सबै नेताहरु नेकपा एमाले काभ्रेको लामो ईतिहास बोकेका नेताहरु हुन् । सिफारिस भएकामध्ये कुमार थापा नेकपा एमालेका प्रदेश कमिटि सदस्य हुन् भने थापाको गृह नगर पनौती नगरपालिका हो । भर्खरै सम्पन्न स्थानिय निर्वाचनमासमेत नेता थापा मेयरको आकांक्षीको रुपमा चर्चा भने नभएको होईन तर, प्रदेश सभामा समेत बलियो संभावना मानिएको थापाको निर्वाचन नजिकिदै जादा भने केहि संभावना घट्दै गएको नेकपा एमालेका नेता कार्यकर्ताले बताउने गरेका छन् । दोश्रो नेता पाटि जिल्ला कमिटि सचिवालय सदस्य रामशरण दाहालको गृह नगर बनेपा नगरपालिका हो । थापालाई आफ्नो नेताको रुपमा मानेको र थापालाई दिदा आफु पछाडि हट्ने बताउदै आएका दाहाल नै बलियो उम्मेदवारको रुपमा खडा भएको पछिल्लो समय देखिदै आएको छ भने नेकपा एमालेका नेता कार्यकर्ताले पछिल्लो समय दाहालको नै चर्चा धेरै गर्दै आईरहेको पाईएको छ । त्यस्तै सिफारिस भएका अर्का नेता किशोर थापाको गृह नगर पनौती नगरपालिका हो भने थापा पनौती नगरपालिका वडा नं. ३ का पुर्व वडा अध्यक्ष हुन् उनी हाल नेकपा एमाले काभ्रेको सल्लाहकारको जिम्मेवारीमा रहेका छन् । सिफारिस भएका अर्का नेता नवराज बजगाई भने प्रेस चौतारीका केन्द्रिय सदस्य रहेका छन् भने चर्चाको र जनतासँगको सम्बन्धको हिसाबले बजगाईको भुगोलमा राम्रो सम्बन्ध रहेको छ । बजगाई भर्खरै सम्पन्न पत्रकार महांसघ काभ्रे जिल्लाको निर्वाचनमा प्रेस चौतारीकोतर्फबाट अध्यक्षको उम्मेदवारसमेत रहेका थिए । त्यस्तै सिफारिस भएका अर्का नेतृ माधुरी सापकोटाको गृह नगर पनौती नगरपालिका हो भने सापकोटा नेकपा एमालेका नव उदयमान नेतृ हुन् । सिफारिस भएका अर्का नेता आत्माराम थापा नेकपा एकाले काभ्रेका जिल्ला कमिटि सदस्य हुन् भने थापाको गृह नगर बनेपा नगरपालिका हो । भर्खरै सम्पन्न स्थानिय तह निर्वाचनमा समेत थापा मेयरका आंकाक्षीको रुपमा रहेका थिए भने थापा काभ्रे जिल्लाका लामो ईतिहास बोकेका सफल व्यापारी समेत हुन् । त्यस्तै अर्का नेता केदार सापकोटा नेकपा एमालेका पुराना नेता हुन भने सापकोटाको गृह नगर पनौती नगरपालिका हो । उनी लामो समयदेखि नै नेकपा एमालेमा निरन्तर रुपमा लाग्दैसमेत आईरहेका छन् ।
यस बिचको प्रतिस्पर्धा भने राम्रै हुने देखिन्छ भने निर्वाचन नजिकिदै गर्दा तिव्र प्रतिस्पर्धा भने पनौती नगरी कुमार थापा र बनेपाका रामशरण दाहालबिच देखिएको छ । जसमा दाहालले बाजि मार्लान कि भन्ने केहि आधारहरुसमेत तय भएको नेकपा एमालेका नेता कार्यकर्ताहरु बताउछन् । दाहाल पाटि कमिटिमा समेत रुचाईएको नेता भएकै कारण जिल्ला कमिटिमा निर्वाचित र सचिवालय भएका हुन् । दाहालले आफ्नो क्षेत्र रहेका नाला बनेपा १ देखी ४ सम्मको वडाबाट अनपेक्षित मत प्राप्त गर्नसक्ने र प्रतिनिधि सभाका उम्मेदवार बास्कोटालाई समेत अनपेक्षित मत दिन सक्ने दाबी गर्दै आईरहेका छन् । निस्कंलकित छवि र लामो राजनीतिक यात्रा नेकपा एमालेमै भएको, राजनीतिबाट कुनै पनि लाभांवित पदमा आजसम्म नरहेको कारणले गर्दा नै दाहालले आफुलाई बलियो उम्मेदवार मान्नुका साथै नेता कार्यकर्ताको आखा समेत दाहाललाई उम्मेदवार बनाउनेमा देखिन्छ । तर, यसो भन्दैमा दाहाल नै सर्वसहमत उम्मेदवार हुन भने भन्नसकिने स्थिति रहेको छैन । दाहाल र थापाबाहेक अन्य नेताहरुसमेत आफ्नो पक्षमा लभिङ गर्ने र गराउने क्षेत्रमा निरन्तर रहिरहेका देखिन्छन् ।