काभ्रे विशेष

पार्सपोर्ट बनाउन जनतालाई सास्ति भए, तपाईले सहयोग गर्नुस हामि सक्दैनौ : प्र.जि.अ. हुमकला पाण्डे

धुलिखेल । जिल्ला प्रशासन कार्यलय धुलिखेलमा बिहान ४ बजेदेखी सेवाग्राहिको घुईचो देखिन्छ । त्यो घुईचो राष्ट्रिय परिचय पत्र बनाउने र पासपोर्ट बनाउनेको हो । हामी यस्तो राज्यमा जन्मिएका छौ जहाँ आफ्नै पार्सपोर्ट तथा परिचय पत्र बनाउन पर्यो भने एक दिन बिदा त लिनु पर्छ नै बिहान निद्रासमेत माया मारेर चिसोमा लाईन बस्नु पर्दछ । यस्तै घटना काभ्रेपलाञ्चोक जिल्लाको जिल्ला प्रशासन कार्यलयमा दैनिकी देखिने गरिएको छ । तर, प्रशासन भने तमासा हेरेर बसेको छ । जनताले कति दुख पाए भन्ने बिषयको मुल्यांकन गर्दै खुसी मनाउमा बेस्त छ । दिनमा ८० जनालाई मात्रै पार्सपोर्ट र राष्ट्रिय परिचय पत्र बनाउने गरि टोकनको व्यवस्था गरिएको छ । यदि बिहानदेखि लाईनबसेर ८० जनाभन्दा पछाडि परियो भने बिहानदेखि लाईन बसेको व्यर्थ हुन्छ । खै कहाँ भेटिन्छ होला मेरो देशमा राज्य ?

यस शिलशिला बिहानको छिस्मिसेसँगै देखिन्छ । हाम्रा सम्पादक अमित न्यौपानेले जिल्ला प्रशासन कार्यलय काभ्रेमा यस्तो भिड देखेपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेटको क्रममा राष्ट्रिय मिडियाका राजा राम गौतम र हाम्रा संवाददाता विमेश सापकोटासँगै रहदा प्रश्न गरि “तपाईहरुले जनतालाई यति धेरै दुख दिदा बैकल्पिक केहि व्यवस्था गर्न सकिदैन” भन्ने प्रश्नको प्रतिउत्तरमा पाण्डेले “तपाईहरुलाई हेर्न दुख भएको भए बसेर सहयोग गर्नुस हामी सक्दैनौ” भन्ने गैरजिम्मेवार अभिव्यक्ति प्राप्त भयो । जनताका प्रतिनिधित्व गरेर प्रश्न गर्ने पत्रकारलाई समेत यसरी प्रतिउत्तर गर्न सक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेको जिल्ला प्रशासन कार्यलय काभ्रेको समस्या समाधान गर्नुपर्दछ भन्ने विषयमा कतिको ध्यान गएको छ भने यस अभिव्यक्तिबाटै प्रश्ट हुने गर्दछ ।

संचारकर्मी अर्बिन्द्र गौतमसमेत जिल्ला प्रशासन कार्यलय काभ्रेको यस घटनाका पिडित व्यक्तित्व हुन । उनलाई पासपोर्टको लागी अनलाईन निवेदनमार्फत आज जिल्ला प्रशासन कार्यालय काभ्रेमा बोलाईएको थियो । विहानको छिसमिसेसँगै लाईनबसेका गौतमले १० बजेसम्म लाईनबसेपछि आप्mनो पालो आज नआउने भन्ने जानकारी पाउदछन् । अनलाईनबाट आवेदन दिई यस दिन पार्सपोर्ट लिन जानु भन्ने कुरासमेत भ्रमपुर्ण रहेको प्रमाणित भएको छ । तर, प्रशासन भने तमासा हेरेर बसेको छ । न विकल्प र समाधान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *