काभ्रे विशेष

भुम्लु गाँउपालिकाको अध्यक्षमा कस कसको दाबी, कुन पाटिको अवस्था के ?

भुम्लु । भुम्लु गाँउपालिकाको राजनीति पछिल्लो समय तात्दै गएको देखिन्छ । विगतको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारले निर्वाचन विजयी भएका थिए । १० वटा वडा रहेको यस गाँउपालिकामा एमालेले ५, कांग्रेशले ३, माओवादी केन्द्रले १ र स्वतन्त्र उम्मेदवारले १ वटा वडामा विजय हासिल गरेका थिए । गत निर्वाचनमा एमालेका उम्मेदवार गुमानध्वज कुवरले ३ हजार ५४८ मत, कांग्रेशका उम्मेदवार तस्वीर लामाले २ हजार ९४१ मत र माओवादी केन्द्रका नकुल प्रसाद पराजुलीले २ हजार २९२ मत प्राप्त गरेका थिए ।

गत निर्वाचनको आकडा अनुरुप यस स्थानमा नेकपा एमालेको राम्रो प्रभाव देखिन्छ । तर, पाटि फुट पश्चात् भने गाँउपालिका उपाध्यक्ष कल्पणा श्रेष्ठ लगायत वडा नं. २ का वडा अध्यक्ष कृष्ण कार्की र वडा नं. ८ का वडा अध्यक्ष मोतीलाल लामा नेकपा एकिकृत समाजवादितर्फ रहनुभएको छ । यसबाहेक अनेरास्ववियूका अध्यक्ष बदन भण्डारी भुगोलका नेताहरु प्राननाथ न्यौपाने र सुरेश कक्षपतीसमेत विभाजित पाटितर्फ रहेका छन् । गाँउपालिका अध्यक्ष गुमानध्वज कुवर, वागमती टिपर व्यवसायी संघका पुर्व अध्यक्ष प्रेम लामालगायत ३ वडाअध्यक्षभने एमालेतर्फ नै रहेका छन् । त्यस्तै माओवादी केन्द्रबाट निर्वाचनका उम्मेदवार नकुल प्रसाद पराजुली हाल एमालेमा रहेका छन् ।

पछिल्लो समयको दाबीलाई हेर्ने हो भने प्रमुखको दाबी गर्नेको लर्को नै लागेको देखिन्छ जसमा नेपाली कांग्रेशकोतर्फबाट प्रमुख दाबेदार पालिका सभापति दावा लामा, पुर्व निर्वाचनका उम्मेदवार तस्विर लामा र व्यवसायी चित्र बहादुर कुवरको समेत सामान्य चर्चा देखिन्छ । त्यस्तै नेकपा एमालेकोतर्फबाट प्रमुख दाबीमा टिपर व्यवसायी प्रेम लामा, वर्तमान अध्यक्ष गुमानध्वज कुवर र माओवादीको गत निर्वाचनका उम्मेदवार नकुल प्रसाद पराजुलीको दाबी देखिन्छ । त्यस्तै नेकपा एकिकृत समाजवादिको तर्फबाट अनेरास्ववियूको जिल्ला अध्यक्ष बदन भण्डारीको प्रमुख दाबी, हालका उप प्रमुख कल्पना श्रेष्ठ, पाटिका पालिका अध्यक्ष प्राननाथ न्यौपाने, पालिका ईन्चार्ज सुरेश कक्षपतिको रहेको छ । भने नेकपा माओवादि केन्द्रकोतर्फबाट पालिका कमिटिका अध्यक्ष प्रेम भुजेल (बृहत),को प्रमुख दाबेदारी, मजदुर संगठनमाआबद्ध रहेका दिपक के.सी., वडा नं. ३ का वडाअध्यक्षका उम्मेदवार सुर्य देब योन्जन, समाजसेवी लेखनाथ श्रेष्ठको समेत सामान्य दाबी देखिन्छ ।

नेपाली कांग्रेशको अवस्था :
एक्लै एक्लै निर्वाचनमा भाग लिने हो भने भुम्लु गाँउपालिकामा अन्य दलको तुलनामा नेपाली कांग्रेश केहि बलियो देखिन्छ । हालको अवस्थामा भुम्लु गाँउपालिकाको अध्यक्षको उम्मेदवारमा गाँउ समितिका सभापति दावा लामाले टिकट लैजाने पक्का पक्की जस्तो देखिन्छ । लामा कोरोना कालदेखी नै गाउँमा नै बसेर आफ्नो राजनीतिक पृष्ठभूमी निर्माण गरिरहेका छन् । उनको जीवनकाललाई हेर्दा गुण्डागर्तीका ईतिहास जोडिएतापनि उनी हाल सामाजिक र राजनीतिक कार्यमा निकै नै सक्रिय व्यक्तिहुन् । गाँउमा राहत वितरणदेखी जनताको दुख सुखमासमेत लामाले आफ्नो भुमिका निर्वाह गर्दै आईरहेका छन् । जनताले लामाको विगतलाई भुल्ने र वर्तमानको सक्रियतालाई हेर्ने हो भने लामाले निर्वाचन जित्ने पक्कापक्की जस्तै देखिन्छ । लामा जिल्ला अध्यक्ष र्तीथ लामा समुहका खास व्यक्तिको रुपमा समेत चिनिने गरेका छन् ।

यसबाहेक गत निर्वाचनका उम्मेदवार तस्वीर लामाले समेत टिकटको दाबी गर्ने देखिन्छ । लामाले यसपटक टिकट लैजादा जित्ने संभावना पहिले भन्दा बढि देखिन्छ । लामाको प्रभाव गाँउमा राम्रै देखिन्छ । उनी यसभन्दा पहिलेको निर्वाचनमा पनि निर्वाचनभन्दा ६ महिना पहिले मात्रै लण्डनबाट फर्केर चुनावमा होमीएका थिए र निर्वाचनमा लामाले सम्मानजनक दोश्रो मत प्राप्त गरेका थिए । आर्थिक रुपमासमेत सम्पन्न लामाको व्यक्तिगत मतसमेत अरु उम्मेदवारकको भन्दा राम्रो रहेको देखिन्छ । लामा मधु आचार्य टिमका कार्यकर्ता हुन् ।

उम्मेदवारको सामान्य चर्चालाई जोड्ने हो भने अरनिको यातयात सेवा समितिको पुर्व अध्यक्ष चित्र बहादुुर कुवरको समेत चर्चा सुनिन्छ । कुवार राजनीतिमा खासै सक्रिय भने देखिदैनन् तर उनले समेत आफुले अध्यक्षको उम्मेदवार बन्न पाउनुपर्ने भन्दै दाबी भने गर्दै आईरहेका छन् ।

नेकपा एमालेको अवस्था :
नेकपा एमाले गत निर्वाचनको प्रमुख शक्ति र पालिकाभरिमा राम्रो उपस्थिति भएको अध्यक्ष र उपाध्यक्षसहित ५ वडा निर्वाचित गराउन सफल राजनीतिक पाटि हो । तर, एमालेको गत निर्वाचनको जस्तो स्थिति भने भुम्लुमा अहिले छैन । ग्रामीण भेग धेरै रहेको भुम्लुमा निर्वाचनको परिणाम यहि आउछ भन्ने स्थिति त छैन । तर, समाचार स्रोतले जानकारी अनुरुप नेकपा एमाले, नेकपा एकिकृत समाजवादि र माओवादिको स्थिति तुलनात्मक रुपमा कांग्रेश भन्दा कमजोर र बराबरको हैसियत देखिन्छ ।

टिकटको चर्चा गर्ने हो भने प्रेम लामाको चर्चा धेरै सुनिन्छ । लामा एमाले नेता गोकुल बास्कोटाका जिल्ला भरिकै विश्वास पात्रमध्ये एक हुन् । लामाले यस हिसाबले हेर्दा टिकट लान समस्या भने देखिदैन । तर, सन्दर्भ टिकटसँगमात्रै जोडिदैन । भुम्लुको सानो भुगोल कोशीवारी र ठुलो भुगोल कोशीपारी रहेको छ । तुलनात्मक रुपमा विकासका हिसाबले कोशीवारीभन्दा कोशीपारी कमजोर भएकाले कोशीपारीका जनताले कोशीवारीका नेतालाई भोट हाल्नेसमेत जटिल देखिन्छ । तर, फुटको राम्रो प्रभाव रहेको भुम्लुमा निर्वाचनको परिणामभने एमालेले सोचे जस्तो सहज देखिदैन ।
अर्का आकांक्षी वर्तमान गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुवर हुन् । खरो स्वभावका कुवरको गाँउमा प्रभाव भने एमालेका अन्य उम्मेदवारको भन्दा तुलनात्मक रुपमा बलियो देखिन्छ । कुवरको प्रभाव राम्रै रहेतापनि उनले पहिले जस्तो लोकप्रिय मत भने यसपटक ल्याउन सक्ने स्थिति वर्तमान पाटिको अवस्थाका कारणले छैन । गत निर्वाचनमा माधव नेपाल प्यानलबाट टिकट प्राप्त गरेका कुवरलाई बास्कोटाले टिकट दिन्छन् भन्ने स्थितिभने देखिदैन । तर, कुवर पञ्चायतकालको पञ्चायतसमेत भईसकेका सक्रिय राजनीतिज्ञ हुन् । यसबाहेक, नेकपा माओवादी केन्द्रका गत निर्वाचनका उम्मेदवार नकुल प्रसाद पराजुलीलेसमेत आफुले हिजोको निर्वाचनमा तेश्रो मत ल्याएको र माओवादी केन्द्रको उम्मेदवारभन्दा धेरै मत ल्याउनसक्ने दाबी गर्दै टिकटको दाबी गरेका छन् । नेकपा विभाजनपछि एमालेमै रहेका माओवादिका गत निर्वाचनका उम्मेदवार पराजुली शहिद परिवारका हुन् । एमालेका कार्यकर्ताले भने पालिकाकै कमजोर उम्मेदवारको रुपमा पराजुलीलाई लिएका छन् ।

नेकपा एकिकृत समाजवादिको अवस्था :
नेकपा एकिकृत समाजवादिको तर्फबाट अनेरास्ववियूको जिल्ला अध्यक्ष बदन भण्डारीको प्रमुख दाबी रहेको छ । युवा र विद्यार्थीको नेतृत्व गर्न सक्ने, सामाजिक राजनीतिक हिसाबले उत्कृष्ट छवी बनाएका, सफल व्यवसायी, विद्यार्थी नेता, केन्द्रिय राजनीतिसम्म राम्रो पहुच भएका नेताका रुपमा भण्डारी चिनिन्छन् । पाटिको विभाजनपछि जिल्ला भर संगठन निर्माणदेखी राहत वितरणको कार्यमा समेत सक्रिय भएका भण्डारीलाई सबै हिसाबले उत्कृष्ट व्यक्तिको रुपमा चिनिने नेकपा एकिकृत समाजवादिका नेता कार्यकर्ताले बताउने गरेका छन् । निर्वाचनमा उठ्ने दुई खालका नेताहरु हुन्छन् एक जिताउनु पर्ने अर्को जित्नै पर्ने र आफु जित्नै पर्नेमा पर्ने भण्डारीले दाबीसमेत गर्नुभएको छ । भण्डारी विद्यार्थी राजनीतिदेखि नै सक्रिय कार्यकर्ता हुन् । उनी कुनै पनि हिसाबमा दाग नलागेको व्यक्ति हुन् । भण्डारीलाई गाँउवाशीलेसमेत नीकै रुचाउने गरेका छन् । भण्डारी उठ्दा पाटि कमिटिले समेत खुलेर सहयोग गर्ने र सम्पुर्ण राजनीतिक पाटि एक ठाँउमा उभिएर आफ्नो पक्षमा रहने भण्डारीको दाबी रहेको छ । भण्डारी विद्यार्थी कालमासमेत कहिल्यै पनि पहिलोबाहेक दोश्रो नभएका जेहेन्दार र क्षमतावान कार्यकर्ता हुन् । भण्डारी पहिलेदेखिनै खुलेर माधव नेपालको टिममासमेत रहेको थिए । उनले भुम्लुको विकासको मार्गचित्रसमेत कोरिसकेका छन् । जुन अवसर पाउदा ५ बर्षमा गरेर देखाउने दाबी गरेका छन् ।

अर्का आकांक्षीका रुपमा पाटि गाँउकमिटिका अध्यक्ष प्राननाथ न्यौपानेकोसमेत चर्चा सुनीने गरेको छ । न्यौपाने पाटि फुटभन्दा पहिले एमाले नेता बास्कोटाको विश्वासपात्रका रुपमा चिनिन्थे । तर, फुटपश्चात् समाजवादितर्फका नेताका रुपमा चिनिन्छन् । न्यौपानेसमेत आफुले टिकट पाए निर्वाचनमा विजय हाशिल गर्ने दाबी गर्दै आईरहेका छन् ।

हालका उपाध्यक्ष कल्पना श्रेष्ठले समते अध्यक्षको दाबी गर्दै आईरहेका छन् । शालिन र मिठो बोलिको कारणले जनतामाझ चिनिएका श्रेष्ठको प्रभाव गाँउभरि नै राम्रो देखिन्छ । स्पष्टवक्ता भ्रष्टचार विरोधी उपाध्यक्ष श्रेष्ठ जनतालाई समेटेर लान सक्ने नेतृ हुन् । उपाध्यक्ष श्रेष्ठले अध्यक्षले भ्रष्टचार गरेको भन्दै उपाध्यक्षद्धारा विरोधसमेत गर्दै आउने साहासीक महिला हुन् ।
अर्का दाबेदार भने पाटिका ईन्चार्ज सुरेश कक्षपति हुुन् । कक्षपति भुम्लुका दाबी गर्नेमध्येका सबैभन्दा पुराना कम्युनिष्ट नेता हुन् । पाटि फुटपश्चात् कुनै पनि पाटिमा नलाग्ने भनेर सामाजिक संजालमा पोष्टाउने समेत गरेका थिए । तर, हाल नेकपा एकिकृत राजनीतिमा सक्रिय देखिएका कक्षपतीलाईसमेत कोशीपारीका जनताले कोशीवारीको भनेर हेर्ने भने गरेको पाईएको छ । कक्षपति पाटि अध्यक्ष वाईबाको विश्वास पात्र हुन् । कक्षपतिलाई टिकट जाने संभावनाभने रहन्छ । तर, अन्य उम्मेदवार भन्दा केहि कमजोर भने देखिन्छन् । पुर्व जि.वि.स. सदस्यसमेत रहेका कक्षपति भुम्लुका पुराना कम्युनिष्ट नेता हुन् । विभाजनपछि केहिसमय अन्योलग्रश्त भएपनि पाटिमा पछिल्लो समय सक्रिय देखिन्छन् ।

नेकपा माओवादि केन्द्रको अवस्था :
नृकपा माओवादि केन्द्रको विगतको उम्मेदवार नेकपा एमालेमा गएसँगै प्रमुख दाबेदारमा पालिका कमिटिका अध्यक्ष प्रेम भुजेल (बृहत)को चर्चा सुनिन्छ । गत निर्वाचनमा सम्मानजनक तेस्रो मत ल्याएको नेकपा माओवादि केन्द्रले यसपटक समेत जितको लागि मत प्राप्त गर्न त जटिल नै छ तर, कांग्रेशबाहेकका अन्य शक्तिसँग भने बराबरको हैसियत भने राख्दछन् । प्रेम भुजेल गाँउमा नै गएर राजनीती गर्नसमेत सकृय भएका देखिन्छन् ।

त्यस्तै, मजदुर संगठनका नेता दिपक के.सी.को समेत चर्चा सुनिन थालिएको छ । भुगोलमा कम केन्द्रका नेतासँग धेरै सम्बन्ध भएका के.सी.ले टिकट ल्याउने संभावना भने देखिन्छ । के.सी. भुुगोलमा कम देखिएकाले टिकट ल्याउदासमेत अन्य उम्मेदवार भन्दा कमजोर देखिन सकिन्छ ।
त्यस्तै समाजसेवी लेखनाथ श्रेष्ठले समेत पछिल्लो समय सामान्य दाबी गर्दै आईरहेको चर्चा देखिन्छ । तर, टिकट नै प्राप्त गर्ने संभावना भने कम रहेको छ । त्यसबाहेक, गत निर्वाचनमा वडा नं. ३ अध्यक्षका उम्मेदवार सुर्य देब योन्जनले समेत दाबी रहेको छ । गत निर्वाचनमा सडक दुर्घटनाका कारण १३ मतले पराजीत भएका योन्जनको समेत टिकटमा दाबी देखिन्छ ।

केन्द्रबाट नै सत्तारुढ गठबन्धनको गठबन्धनको दाबी गर्दै आईरहेका छन् । तर, भुम्लुको परिपेक्षलाई हेर्ने हो भने माओवादि र समाजवादि मात्रै मिल्दापनि जितको संभाजना भने देखिन्छ । पुराना कम्युनिष्ट नेता गोबिन्द नाथ उप्रेतीको समर्थन भने समाजवादि र माओवादिलाई देखिएको देखिन्छ ।

One thought on “भुम्लु गाँउपालिकाको अध्यक्षमा कस कसको दाबी, कुन पाटिको अवस्था के ?

  • Badan kumar bhandari sahi candidate hunu parcha, aaba desh lai young ane versatile leader ko khacho cha

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *