काभ्रे विशेष

मण्डनदेउपुरमा नेपालकै ठुलो औद्योगिक ग्राम निर्माण कार्य सुरु

मण्डनदेउपुर– काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ गैरिचौरमा नेपालकै ठुलो औद्योगिक ग्रामको निर्माण कार्य सुरु भएको छ । ७ सय ७१ रोपनी क्षेत्रफलमा निर्माण सुरु भएको औद्योगिक ग्राम क्षेत्रफलका आधारमा नेपालकै ठुलो हो । ग्राम निर्माणका लागि गत आर्थिक वर्ष बागमती प्रदेश सरकारबाट १ करोड ५० लाख रकम विनियोजन भएकोमा ७७ लाख खर्च भएको छ ।

प्रारम्भिक चरणमा करिव ७० रोपनी जमिन सम्याउने, घेराबार लगाउने र पाले घर निर्माण गर्ने कार्य भएको नगरपालिकाका मेयर टोक बहादुर वाईबाले जानकारी दिनुभयो । औद्योगिक ग्राम निर्माण सम्पन्न भएपछि करिव १ सय ५० देखी २ सय वटासम्म उद्योग स्थापना गर्न सकिने उहाँको भनाई छ । उक्त आयोजना सम्पन्न गर्न करिव १८ करोडदेखी २० करोड खर्च लाग्ने अनुमान गरिएको छ । निर्माणाधिन ग्रामको वरपर वस्ती नभएको, ठुला रुखहरु काट्नु नपर्ने, देशको केन्द्रिय राजधानी काठमाण्डौंबाट नजिक हुनुका साथै छिमेकी मुलुक चिन र भारतबाट पनि अद्योगका लागि आवश्यक कच्चा पदार्थ ल्याउन सहज हुनुले यो आयोजनालाई मुख्य प्राथमिकतामा राखिएको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ क अध्यक्ष दिल्ली  बताउनुभयो । बढ्दो शहरीकरणका कारण खुम्चदै गएका उद्योगहरुलाई पुनस्थापित गर्न, रोजगारी सिर्जना गर्न, व्यापार घाटा कम गर्न यो आयोजना महत्वपुर्ण हुने उहाँको विश्वास छ ।

यस्तै औद्योगिक ग्राम क्षेत्रलाई आवश्यक पुर्वाधार खानेपानी, विद्युत, सडक निर्माणका लागि बहुवर्षिय योजनामा समावेश गरि निर्माण सम्पन्न गराउने तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *