यस्तो रह्यो दिनभरको काभ्रे महोत्सव पाँचौ संस्करण (फोटोफिचर)
बनेपा । बनेपामा आजबाट काभ्रे महोत्सवको औपचारिक रुपमा सुरुवात भएको छ । काभ्रे उद्योग वाणिज्य संघद्धारा आयोजित काभ्रे महोत्सबको आज उत्घाटन भएको थियो । महोत्सवको उत्घाटन बागमती प्रदेश सरकारका उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मिलनबाबु श्रेष्ठले गर्नुभएको थियो । सोमबारबाट सुरु भएको महोत्सवमा एक सयभन्दा धेरै स्टलहरु राखिएका छन् । महोत्सवको मुख्य नारा ब्यावसायिक लगानी अभिबृद्धि, काभ्रेको समुन्नति र समृद्धी हो । दशैको अवसरमा आयोजित काभ्रे महोत्सवमा परम्परागत कला सँस्कृति, औद्योगीक व्यापार, घरेलु, कृषि,पर्यटन प्रर्वद्धनको निमित्त आयोजना गरिएको महासचिव रविन्द्र वैदारले बताए ।
महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, कृषि, घरेलु उद्योग, विभिन्न प्रकारका लत्ता कपडाहरु, खाद्यान्न, अटोमोबाईल, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, कृषि औजारका सामाग्रीहरुको स्टलहरु छन् । महोत्सबले बनेपाको नामलाई र काभ्रेको नामलाई देशै भरि चिनाउनमा भुमिका खेल्ने उपाध्यक्ष प्रताव बैद्यले जानकारी दिनुभयो । महोत्सवमा मनोरञ्जनका लागि बाल उद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनि बञ्जी जम्प,वाटर बल्ब, मिकि माउस, टेम्पोलिङग, स्करपियोको आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हाँस्य व्यङ्ग तथा गीत गायनको प्रस्तुति प्रत्येक दिन रहने छ । सोमबारबाट सुरु भएको महोत्सव असोज १५ गते सम्पन्न हुनेछ । महोत्सवमा उपत्यका र काभे्र, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, आदि जिल्लाका बासिन्दाहरुले लाभ लिने अपेक्षा गरिएको छ । महासचिव बैदारका अनुसार ५० हजारले मेला अवलोकन गर्ने अनुमान गरिएको छ । उद्घाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख दिपक गौतम, नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र सांघाई, केन्द्रीय सदस्यहरु सुरकृष्ण बैद्य, दिलसुन्दर श्रेष्ठ, बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्य, धुलिखेलका अशोक ब्याञ्जु, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।
