समाचार

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष समावेदन

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनका लागि विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन गरेका छन् ।

मंगलबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै विपक्षी गठबन्धनका नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेर विशेष अधिवेशनको मागसहित समावेदन दिएका हुन् ।

यसअघि विपक्षी गठबन्धनका नेताहरूले सोमबार प्रदेश प्रमुख शेरचनसमक्ष संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गर्न माग गरेका थिए । तर सरकार गठन तथा विस्थापित गर्ने प्रक्रिया प्रदेशसभाबाटै हुने भएकाले विपक्षी गठबन्धनले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

काँग्रेस, माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले वर्तमान सरकार अल्पमतमा रहेको दाबी गर्दै आएका छन् । संविधानको मर्म विपरीत सरकार गठन भएको उनीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *