काभ्रे विशेष

विभिन्न पार्टीका एकसयभन्दा बढी महाभारतका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

काभ्रे । महाभारत गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी एक सयजनाभन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सोमबार बनेपामा आयोजित एक कार्यक्रमको अवसरमा विभिन्न पार्टीका कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलल स्वागत गरे ।

माओवादी केन्द्रका नेता छिन्ताङ्ग तामाङले, ‘झण्डै एकसय जनाभन्दा बढी प्रवेश हुनुभएको छ ।’

उनका अनुसार कांग्रेसका क्रियाशील सदस्यहरु पनि माओवादीमा प्रवेश गरेका छन् । त्यस्तै क्रान्तिकारी माओवादीका वडास्तरका उम्मेदवारसहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कतिपय एमाले समर्थक तथा कार्यकर्ता पनि माओवादी प्रवेश गरेका छन् ।

महाभारत गाउँपालिकाका वडा नं. २, ६, ४ का कांग्रेसका क्रियाशील सदस्यसँगै, ५, ७ र ८ का विभिन्न पार्टी सम्बद्ध कार्यकर्ता प्रवेश गरेका गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *