काभ्रे विशेष

संयुक्त राजनितिक दलित संघर्ष समितिको नेतृत्व गर्दै तेज नेपाली

काभ्रेमा संयुक्त राजनितिक दलका दलित भ्रातृ संघ र संगठन एकै ठाउँमा उभिएका छन उनीहरुले साझा मुद्दामा एक भएर जाने योजना सहित संघर्ष समिति गठन गरेका छन । बनेपामा भेला भएका जिल्ला स्थित मुख्य-मुख्य राजनीतिक दलका दलित नेताहरुले संघर्ष समिति गठन गरेका हुन् । संघर्ष समितिको पहिलो नेतृत्व भने नेकपा एमाले काभ्रेको भ्रातृ संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाजका अध्यक्ष तेज नेपालीले गर्नु हुनुभएको छ । संघर्ष समितिको नेतृत्व आलोपालो भैरहनेछ ।
नेकपा एमालेको उत्पीडित जातिय मुक्ति समाज, नेपाली कांग्रेसको दलित संघ र नेकपा माओबादी केन्द्रको दलित मुक्ति मोर्चाबीच पालै पालो नेतृत्व गर्ने गरी संयुक्त राजनितिक दलित संघर्ष समिति गठन गरिएको हो । यो समितिको अध्यक्षको कार्यकाल ६ देखि ९ महिना हुनेछ । समितिमा तीन वटै राजनीतिक दलका दलित संगठनबाट १५ जना सदस्य रहेका छन ।
पार्टी फरक भएपनि बिचार, सिद्धान्त, मुद्दा र समस्या साझा भएकाले राजनीतिक दलका भ्रातृ संगठनहरुको साझा समिति बनाइएको हो । संयुक्त राजनितिक दलित संघर्ष समितिले जातीय बिभेदको अन्त्य, प्राप्त उपलब्धीहरुको रक्षा र दलित भएकै कारणले अन्यायमा पर्दा सामुहिक प्रतिबाद गर्न सघाउ पुर्याउने अध्यक्ष नेपालीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *