राजनीति

सम्पर्कविहीन भनिएकी सांसद वली एमाले कित्तामा उभिइन्

केही दिनदेखि सम्पर्कविहीन भएको भनिएकी लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफू एमालेमै रहेको बताएकी छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफूलाई एमाले कित्तामा उभ्याएकी हुन् ।

उपनिर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित उनी यसअघि नेकपा माओवादी केन्द्रतिर लागेकी थिइन् भने सोमबार विपक्षी गठबन्धनका तर्फबाट प्रदेश प्रमुख समक्ष पेस गरिएको निवेदनमा समेत उनलाई गणना गरिएको छ ।

तर अहिले आएर वलीले आफूले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा कानूनी रुपमा ठीक नभएको भन्दै एमालेमै रहेको बताएकी हुन् ।

उनी दाङबाट निर्वाचित प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *