काभ्रे विशेषराजनीति

काभ्रे जिल्ला निर्वाचनमा कुन पाटिको स्थिति के र गठबन्धनको संभावना

विश्लेषणात्मक टिप्पणी
बनेपा । यतिबेला देश नै निर्वाचनमा होमिएको छ । काभ्रे जिल्लामा २ वटा प्रतिनिधि सभा क्षेत्र र ४ वटा प्रदेश सभाका क्षेत्रहरु रहेका छन् । काभ्रे जिल्लाको समग्र स्थिति हेर्ने हो भने गठबन्धन हुदा र नहुदा पनि प्रतिस्पर्धात्मक देखिन्छ । काभ्रेपलाञ्चोक जिल्ला पुर्व संचार तथा सुचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाको निर्वाचन क्षेत्र रहेको जिल्ला पनि हो । त्यसकारणले गर्दा देशको नै काभ्रे जिल्लाको निर्वाचन प्रति जिज्ञासा भने रहन्छ ।
काभ्रेपलाञ्चोक जिल्लामा अन्य जिल्लामा जस्तै गठबन्धन दलमा समस्या भने छ । नेपाली कांग्रेशको २ वटै प्रतिनिधि सभाको क्षेत्रमा राम्रो प्रभाव रहेको छ त्यस्तै काभ्रे जिल्ला क्षेत्र नं. १ लाई नेकपा माओवादि केन्द्रले पनि आफ्नो प्रभाव क्षेत्रको रुपमा मान्ने गरेका पाईन्छ । भने, नेकपा एकिकृत समाजवादिका बागमती प्रदेशका दुई प्रदेश सभा सदस्यहरु लक्ष्मण लम्साल र बागमती प्रदेशका कृषिमन्त्री बसुन्धरा हुमागाईको समेत निर्वाचन क्षेत्र काभ्रे नै रहेको छ । त्यस्तै काग्रेशका संविधान सभा सदस्यहरु शिव हुमागाई, तिर्थ लामा, पुर्व उद्योग राज्यमन्त्री कन्चनचन्द्र बादेको पनि जिल्ला काभ्रे नै हो ।
यस परिस्थितिलाई नियाल्ने हो भने काभ्रेपलाञ्चोक जिल्ला निर्वाचनमा कुनै पनि राजनीतिक पाटिलाई निर्वाचनमा विजयी हुने र पराजय हुने कुराको आकलन गर्नु त्यति धेरै सजिलो छैन । नेकपा एमालेले बि.सं. २०६४ सालको निर्वाचनमा बागमती अंचलमा नै एक मात्रै सिट जित्दाको अवस्थामा समेत काभ्रेपलाञ्चोक जिल्लाको हाल प्रतिनिधि सभा क्षेत्र नं. २ ख रहेको क्षेत्रमा विजयी हासील गरेको थियो । तर, विजयी भएका कृष्ण प्रसाद सापकोटा भने नेकपा एमालेबाट विभाजित नेकपा एकिकृत समाजवादिमा रहेका छन् । त्यस्तै गत निर्वाचनमा प्रतिनिधि सभा क्षेत्र नं. २ को क र ख मा नै प्रदेश सभामा विजयी भएका नेकपा एमालेका सांसदद्धय बसुन्धरा हुमागाई र लक्ष्मण लम्साल हाल नेकपा एकिकृत समाजवादितर्फ रहेका छन् । तर, यसो भन्दैमा नेकपा एकिकृत समाजवादिले प्रत्यक्ष निर्वाचनमा विजयी हुने अवस्था भने एकल प्रतिस्पिर्धामा त्यति सहज छैन । तर, वर्तमान प्रदेश सांसदहरुनै विभाजित पाटिमा लाग्नुको प्रभाव भने एमालेको मतमा प्रभाव भने राम्रै पर्ने देखिन्छ ।

निर्वाचनमा एमाले एकातिर रहने र अन्य राजनीतिक पाटि अर्कोतर्फ रहि गठबन्धन गरेर एकै चुनाव चिन्हमा निर्वाचन लड्ने परिस्थिति पनि देखिन्छ । तर, गठबन्धन पनि काभ्रेमा त्यति सहज भने छैन । काभ्रेमा गठबन्धन हुदा दुई खालका परिदृश्यहरु देखिएका छन् । एउटा एक प्रतिनिधि सभा सहित दुई प्रदेश सांसद नेपाली कांग्रेशले लिने, एक प्रतिनिधि सभा र एक प्रदेश सभा नेकपा माओवादि केन्द्रलाई लिने र एक प्रदेश सांसद नेकपा एकिकृत समाजवादिले लिई पाँच राजनीतिक पाटिहरु एक ठाँउमा उभिने र नेकपा एमालेविरुद्ध निर्वाचन लड्ने देखिन्छ । जसमा नेपाली कांग्रेशले प्रतिनिधि सभा क्षेत्र नं. २ मा प्रतिनिधि सभा लिने र प्रतिनिधि सभा क्षेत्र नं. २ ख मा प्रदेश सभा लिने परिस्थिति देखिन्छ । भने, प्रतिनिधि सभा क्षेत्र नं. २ क मा नेकपा एकिकृत समाजवादिलाई दिने तयारी देखिन्छ । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं. १ मा नेकपा माओवादि केन्द्रले टिकट लिने र प्रदेश सभा क मा नेकपा माओवादि केन्द्र र ख मा नेपाली काग्रेशले टिकट दिई निर्वाचनमा जाने दृश्यको विच बजारमा छलफल भएको देखिन्छ । तर, नेपाली कांग्रेश काभ्रेका जिल्ला अध्यक्षसमेत रहेका संविधान सभा सदस्य तिर्थ लामा यो समिकरणमा निर्वाचनबाट बाहिरिनुपर्ने देखिन्छ । जुन लामा चाहादैनन् तर, कांग्रेश निकट स्रोतले भने पाटिले गरेको निर्णयलाई लामाले मान्ने र लामा समानुपातिक सांसदमा जाने खालको तयारी रहेका पनि बताउछन् । यसो हुदा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेशबाट शिव हुमागाई र मधु आचार्यको चर्चा सुनिन्छ भने नेकपा एमालेका उम्मेदवार भने सर्वसहमत गोकुल प्रसाद बास्कोटा नै रहेका छन् । प्रदेश सभा क्षेत्र नं. २ क मा नेकपा एकिकृत समाजवादिका सांसद लक्ष्मण लम्सालको चर्चा सुनिन्छ भने नेपाली कांग्रेशको तर्फबाट सुन्दरमणी आचार्यको समेत चर्चा हुने गरेको पाईन्छ भने नेकपा एमालेको तर्फबाट भने गुमानध्व कुवरको बलियो संभावना रहेको पाईन्छ । क्षेत्र नं. ख मा भने नेकपा एकिकृत समाजवादिका जिल्ला अध्यक्षसमेत रहेका बसुन्धरा हुमागाई, नेपाली कांग्रेशका तर्फबाट कंचनचन्द्र बादे र नेकपा एमालेकोतर्फबाट कुमार थापा रहने संभावना बलियो देखिन्छ । नेकपा एमालेबाट रामशरण दाहालको पनि बलियो संभावना रहेको देखिन्छ । प्रतिनिधि सभा क्षेत्र नं. १ मा भने नेकपा माओवादि केन्द्रकातर्फबाट पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ(लालध्वज)को चर्चा रहेता पनि नेकपा माओवादि केन्द्रबाटै बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल र निवर्तमान चौरिदेउराली गाँउपालिकाका अध्यक्ष दिनानाथ गौतम प्रयासको समेत चर्चा देखिन्छ । त्यसो त रत्न ढकाललाई फेरि एक पटक प्रदेश सभाकै लागी उम्मेदवार बनाउन नेकपा माओवादि केन्द्रले चाहेको केन्द्रका नेताहरुले बताउछन् । ढकाल भुगोलको बलियो उम्मेदवार रहेका कारणले पनि नेकपा माओवादि केन्द्रले ढकाललाई प्रदेशमा उभ्याउन चाहान्छ । त्यस्तै नेपाली कांग्रेशले अर्को क्षेत्रमा भने गणेश लामालाई उठाउने तयारीे छ । भने नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाको निर्वाचनमा रेशम लामा र चन्द्र लामामध्ये एक उठ्ने भनियता पनि सांसद नबिना लामाले पनि दाबी भने गर्दै आईरहेका छन्, प्रदेश सभामा भने एकातर्फ जेनिश लामाको बलियो संभावना रहेतापनि अर्को तर्फभने कसले बाजी मार्ला भन्ने हेर्न बाँकि रहेको अवस्था छ ।
त्यस्तै गठबन्धन अर्को समिकरणबाट पनि हुने देखिन्छ । जसमा, प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रतिनिधि सभा र दुई प्रदेश सभानै नेपाली कांग्रेशले लिने र क्षेत्र नं. १ मा प्रतिनिधि सभा र एक प्रदेश सभा नेकपा माओवादि केन्द्रले लिने र एक प्रदेश सभा नेकपा एकिकृत समाजवादिलाई दिने जस्तो समिकरणको पनि चर्चा देखिन्छ । त्यस्तो हुदा नेपाली कांग्रेशको क्षेत्र नं. १ मा मत परिणाम भने अर्को निर्वाचनका लागी अनपेक्षित पनि हुन सक्ने कांग्रेश निकट स्रोतले बताएको छ । त्यस्तो हुदा नेकपा एकिकृत समाजवादिले १ नं. क्षेत्रको ख मा पाउने र मुकुन्द गौतम प्रदेश सांसदको रुपमा निर्वाचन लड्ने देखिन्छ ।
निर्वाचनको परिदृश्य भन्दा पनि काभ्रेमा विभिन्न राजनीतिक पाटिको स्थिति के हो भन्ने प्रश्न भने प्रधान हो । काभ्रे जिल्लामा एमालेको स्थिति ठ्याकै आकलन गर्न सक्ने परिस्थिति नभएतापनि काभ्रे जिल्लाका संशक्त उम्मेदवार भने गोकुल प्रसाद बास्कोटा नै हुन् । गोकुल बास्कोटालाई निर्वाचनमा पराजय गराउने कुरा भने बाहिर हेरे र देखे जति सहज देखिदैन । नेकपा एमालेनिकट स्रोतका अनुसार बास्कोटा जिल्लाको लागी आवश्यक रहेका भन्ने कुरा नेकपा एमालेमा मात्रै नभई कांग्रेश र समाजवादिमा रहेका र नेकपा माओवादिकासमेत केहि कार्यकताहरुले बुझ्ने गरेको देखिन्छ । तर, रुखो र छुच्चो स्वभावले भने केहि कार्यकर्ताको मनमा भने बास्कोटाप्रति चित्त दुखाई पनि हुन सक्ने स्रोतले बताएको छ । साधारण कार्यकर्तासँग पहुचमा रहन नरुचाउने बास्कोटाको स्वभावका कारण केहि कार्यकर्ताहरु रुष्ट पनि हुन सक्ने एमाले निकट स्रोतले बताउछ । त्यस्तै नेपाली काग्रेशको प्रभाव क्षेत्र पनि क्षेत्र नं. २ हो तर, विभाजन भन्दा पहिलेको स्थितिमा एमाले नै पहिलो पाटि भने यस क्षेत्रमा मत परिणाम देखिएको थियो । नेपाली कांग्रेशको उपस्थिति पनि कमजोर रहेको अवस्था भने छैन । तर, यति हुदा हुदै पनि गठबन्धनले नै निर्वाचन जित्छ भनेर आकलन लगाई हाल्न सकिने अवस्था भने छैन । गठबन्धन गर्दा पनि कार्यकर्ताले मत गबन्धनका अन्य राजनीतिक दललाई नै हाल्छन भनेर पनि भनि हाल्न सक्ने स्थिति भने देखिदैन ।
बास्कोटा चुनावी परिणामलाई आफ्नो अनुकुलमा तान्न जान्ने नेता हुन् । त्यस्तै, क्षेत्र नं. १ मा समेत नेकपा माओवादि केन्द्र र नेपाली कांग्रेशका निर्वाचनको टिकटको विवादका कारणले पनि नेकपा एमालेले निर्वाचन जित्नसक्ने परिस्थिति काभ्रेको निर्वाचनमा देखिन थालेको छ । तर, काभ्रे जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित दुई सांसदहरु गोकुल बास्कोटा र गंगाबहादुर दोङ(बमध्वज)बिच समेत चिया पसल देखि विभिन्न बैठकमा दाज्ने गरिएको पाईन्छ । जसमा बास्कोटाले काभ्रे जिल्लालाई हालेका बजेट, बास्कोटाले काभ्रे र देश हितको विषयमा संसदमा बोल्ने गरेको देखि बमध्वजले आफ्नै गाँउपालिका रहेको तेमालको बाटोमा ५ बर्षे प्रगति र संसदमा जनताको विषयमा कति पटक बोले भन्ने विषयमासमेत छलफल हुने गरेको पाईएको छ । त्यसकारण फेरिपनि काभ्रेको निर्वाचन नेकपा एमालेतर्फ केन्द्रित हुने हो कि भन्ने आम काभ्रेलिले भने ठम्यााई गर्न थालिसकेका छन् ।
त्यस्तै प्रदेश सभाको निर्वाचनमा भने गठबन्धनको दलमा रहेको ईमान्दारिताको आधारमा निर्वाचन परिणाम आउने देखिन्छ । तर, यस परिस्थितीलाई नियाल्ने हो भने कांग्रेशले फेरि पनि काभ्रेबाट आफ्नो बिरासत जोगाउन सक्छ कि सक्दैन भन्ने कुराको प्रश्न भने रहेको छ । यद्यपी नेकपा एमालेलाई पनि यस निर्वाचन फलामको चिउरा चपाएजस्तो हुने पक्कापक्कि देखिन्छ ।

काभ्रे जिल्लाको क्षेत्र नं. २ मा पर्ने बेथानचोक गाँउपालिकाको ६ वटा वडामध्ये ५ वटा वडा पर्दछ । बेथानचोक गाँउपालिकालाई काभ्रे कांग्रेशको गडको रुपमा पनि मानिन्छ । बेथानचोकबाट कांग्रेशलाई राम्रो मत त आउछ नै तर, बास्कोटालाई पनि केहि कम मत प्राप्त भएपनि कांग्रेशको मत पनि आउने देखिन्छ । पनौती नगरपालिकाको ६ वटा वडा क्षेत्र नं २ मा पर्दछ । जसमा ६ वटा वडा नै नेकपा एमालेको गडको रुपमा रहेको छ । तर, नेपाली कांग्रेशले गत स्थानिय निकायमा यी वडाहरुमध्येको केहि वडाहरुमा अनपेक्षित मत परिणाम प्राप्त गरेको थियो । जसमा पनौती १ र २ रहेको छ । त्यस्तै बनेपाको परिणाम हेर्दा कांग्रेशको को उम्मेदवार उठाउछ भन्ने कुरामा बनेपाको बजारको मत कतातर्फ केन्द्रित हुन्छ भन्ने कुराको निर्धारण गर्दछ भने बास्कोटालाई बजारबाहिरबाट गत निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको मत भन्दा धेरै मत भने प्राप्त गर्ने स्थिति देखिन्छ । बनेपाको सम्पुर्ण क्षेत्र काभ्रे क्षेत्र नं. २ मा नै पर्दछ । धुलिखेलको ६ वटा वडा क्षेत्र नं. २ मा पर्दछ । जसमा एमालेको गड मानिएको धुलिखेल १ मा पनि गत निर्वाचनमा नेपाली कांग्रेशका उम्मेदवार विजयी भएका छन् । त्यसको प्रभाव भने एस निर्वाचनमा पर्ने नै देखिन्छ । तर, यसबाहेक अन्य वडाबाट भने नेकपा एमालेलाईनै मत प्राप्त हुने देखिन्छ । तर, धुलिखेल १ बाट पनि नेपाली कांग्रेशलाई नै धेरै मत जान्छ भन्ने स्थिति भने छैन । मण्डनदेउपुरको १२ वटा वडा नै क्षेत्र न. २
मा पर्दछ जुन एमालेको सर्वसहमत उम्मेदवार बास्कोटाको गृह जिल्ला भएका कारणले गर्दा बास्कोटालाई मत बढि आउने स्थिति भने देखिन्छ । तर, समाजवादिको राम्रो प्रभाव रहेको नगर पनि जिल्ला भरि मै मण्डनदेउपुर नै यसको प्रभाव भने निर्वाचनमा देखिने देखिन्छ । त्यस्तै भुम्लुको पुरै भेग क्षेत्र नं. २ मा पर्दछ । तर, भुम्लुको मत भने कोशिपारितर्फबाट केहि एमालेलाई बढि आउने र कोशीवारीतर्फ भने गठबन्धनतर्फ केन्द्रित हुने स्थिति देखिन्छ । पाँचखाल नगरपालिकामा भने कांग्रेशको मत राम्रो प्रभाव भएतापनि बास्कोटाले दिर्गकालिन योजना खानेपानी र मदन भण्डारी विश्वविद्यालयको प्रभाव भने पर्नसक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *