मनोरञ्जन

उ हाेली खेलिरहेछ।

कमल कुईकेल
उ हाेली खेलिरहेछ म र मेरा मुटुकाे रक्त प्लाज्मा निचाेरेर।
मज्जा लिईरहेकाे छ म र म जस्तैकाे रगतलाई रङ्ग सम्झिएर ।
उसलाई आनन्द आउँछ रे हाम्रो आँसुले हाम्रै रगत पखाल्न ।
उ हाेली खेलिरहेछ म र मेरा मुटुकाे रक्त प्लाज्मा निचाेरेर ।

 

उ नेता अरे त्याे पनि कम्युनिस्ट कस्ताे मज्जाकाे चुट्किला ।
उ सबैकाे वा अरे कि उस्का आमा झुटा कि वा भन्ने झुटा ।
उस्लाई आनन्दै आनन्द आउछ अरे बाहानै बाहाना बनाउदा ।
उ नेता अरे त्याे पनि कम्युनिस्ट कस्ताे मज्जाकाे चुट्किला ।

 

हाेली उस्लाई खुब मनपर्छ म र मेरा रङ्गाेलि बारम्बार फुटाउछ ।
उ भ्याउदै भ्याउदैन र फुटाउछ आफ्नै स्वास्नी छाेरा जुटाएर ।
उ व्यवस्थापन खुव गर्छ कालाे धन कालाे काम लुकाएर हाेली ।
उस्लाई खुब मनपर्छ र मेरा रङ्गाेली बारम्बार फुटाउछ।

उ हाेलीकाे विम्व प्रह्लाद भन्दा हाेलिकाकाे प्रतिविम्ब हाे ।
उ समाजकाे उज्यालो कम अधिक अध्याराेकाे प्रतीक हाे ।
उ सर्वहाराकाे घाँटी निचाेर्ने बंशकाे उत्कृष्ट भ्रुणकाे अंश हाे ।
उ हाेलीकाे विम्व प्रह्लाद भन्दा हाेलीकाकाे प्रतिविम्व हाे ।

उ पिच्कारीमा हाम्रा आँसु र रङ्ममा हाम्रा रगत भरिरहेछ ।
उ झुक्याई रहेछ गणतन्त्र लाेकतन्त्र र समाज भजिरहेछ ।
उ दिएकाे जस्ताे गर्छ हामीसंग हाम्राे अस्मिता लुटिरहेछ ।
उ पिच्कारीमा हाम्रा आँसु र रङ्गमा हाम्रा रगत भरिरहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *