अन्तर्वातासहकारी बिशेष

सरल र छिटो सेवा नै हाम्रो पहिचान हो

सहकारी क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
सहकारी क्षेत्रमा लाग्नु भन्दा पहिले म अन्य केहि क्षेत्रमा लागेको थिईन । तर, घरमा सबै जना कृषि नै गर्ने भएकाले अध्ययन सँगसँगै कृषि कर्ममा परिवारलाई सहयोग गर्ने गर्दथे । जागिर खानुपर्छ भन्ने मनासायले यस क्षेत्रले आकर्षित ग¥यो । साथिहरु मार्फतबाट यस क्षेत्रमा प्रवेश गरियो । परिवारीक पृष्ठभूमीको कुरागर्ने हो भने सबैजना सरकारी जागिरतर्फ लाग्नु भएको छ तर, घरमा मलाई त्यस क्षेत्रमा नजान भनेसँगै अर्को क्षेत्र छान्ने क्रममा सहकारी नै उपयुक्त हो भन्ने लाग्यो ।

लकडाउनमा व्यक्तिगत जीवन र संस्थागत जीवन कसरी अगाडि बढाउनु भयो ?
अकस्मात लकडाउन सुरु भयो । यसले व्यक्तिगत र संस्थागत रुपमा असर त गर्यो नै । हाम्रा शेयर सदस्यहरुको व्यवसायहरु खुल्ने नसक्ने अवस्था र कर्मचारीहरु कार्यालय वरीपरीका नभएकाले सरकारले दिएको निर्देशन बमोजिम संस्था संचालन गर्नका लागि पनि गाह्रो भयो । सुरुवाती दिनमा डर पनि धेरै नै भयो । त्यसै विच पनि सदस्यको सुविधाको लागि कर्मचारीहरु आलो पालो गरेर आएर पनि संस्था संचालन गरियो । संस्थाले दिनुपर्ने सबै ्रकारका सेवा जसोतसो दिएर कार्यहरुलाई निरन्तरता दिने अवस्था सिर्जना गरियो । व्यक्तिगत रुपमा भन्नुपर्दा के हुने हो कस्तो हुने हो भन्ने नै डर धेरै भयो । संस्थागत फोन आउदा पनि भेट्न डरमर्दो अवस्था सिर्जना भयो ।

गरुड सहकारीले बनेपामा अन्य साकोस भन्दा फरक के कार्य गरेका छ जस्तो लाग्छ ?
हामी स्थापित नै भईसकेको अवस्थामा छौ जस्तो मलाई लाग्दैन । बजारमा हेर्दा कारोबार ठूलो रहेको छ तर, पनि हाम्रो सोच अनुसार काभ्रेको नै नमुना र पहिलो नम्बरमा पुग्ने योजना पुरा हुन अझै संघर्ष गर्न पर्ने आवश्यकता देखेको छु । सदस्यको सन्तुष्टि पुरा गर्न केहि कमि भएको हो कि जस्तो लाग्छ । किनभने हामीले सहकारीबाट बचत तथा ऋण मात्रै कार्य गरेका छौ यसबाहेकका कार्य गर्न नसक्दा अलि नरमाईलो लागेको छ । बजारको अवस्थामा हेर्दा अहिलेसम्म राम्रै छवि रहेको छ ।

सदस्यको आर्थिक विकासका लागि के कार्य गर्नुभयो ?
सहकारीको कारोबार नै सदस्य केन्द्रित नै हुने हो । सदस्यहरुको हितका लागि बृद्धबृद्धा, सुत्केरीहरुका लागि भविष्यसम्मका लागि हुनेगरी योजना बनाउदै छौ । विद्यार्थीको शिक्षासँग सम्बन्धित योजना बनाउदै छौ । निकट भविष्यमै यस कार्यमा हामी लाग्छौ ।

संस्थाको यस अवस्थासम्म आईपुग्नुमा अध्यक्षको भूमीका के हो जस्तो लाग्छ ?
संस्था स्थापित हुनका लागि सहकारी संचालक असल हुनु नै सबैभन्दा महत्वपुर्ण कुरा हो । बचतहरु लिनका लागि विश्वास नै महत्वपूर्ण कुरा हो । सदस्यले राखेको बचत आवश्यक परेको दिन फिर्ता गर्न सक्ने हुनुपर्दछ । सदस्यहरुलाई हामीेले यसै अनुरुप नै सेवा दिएको कारणले नै हामी यस अवस्थासम्म आईपुगेका हौ जस्तो लाग्दछ । हाम्रो मुख्य कुरा चाँहि सरल र छिटो सेवा नै हो ।

यतिबेला सिंगो सहकारी अभियानको समस्याहरु के हो ?
सहकारीमा सबैभन्दा ठूलो समस्या भनेको नै नियम कानुनको परिधि भित्र रहेर कार्य गर्न नसक्नु नै हो जस्तो लाग्दछ । कतिपय सहकारीहरुका समयमै साधारण सभा नै हुदैनन् । सहकारी नियमनका लागि सहकारी विभाग वा नियमनकारी निकायबाट पनि समय समयमा कुनै खालको निरीक्षण नभएको हो कि जस्तो मलाई लाग्छ । कोहि कोठाबाटै सहकारी संचालन गर्दै छन् कोहि व्यवसायिक रुपमा अगाडि बढिरहेका छन् । संस्था चल्ने मात्र नभै सबैका बीचमा सहकार्य गर्ने अवस्थामा होस् भन्ने मेरो चाहाना हो ।

सरकारले एक ब्यक्ति एक सहकारी भन्ने नीतिलाई तीब्रताका साथ अगाडि बढाएको छ यसमा तपाईलाई के लाग्छ ?
एक व्यक्ति एक सहकारी गलत भने होइन । विभिन्न जिल्लाबाट आएर व्यवसाय गर्नेका लागि पनि पहिलो असर पर्दछ । बैंकमा जुनसुकै बैंकमा खाता खोल्न पाईने र सहकारीलाई मात्रै गरिएको यो केहि हदसम्म गलत पो होकि भन्ने मेरो धारणा पनि हो । व्यवसाय गर्दा एकै सहकारीबाट विना धितो धेरै ऋण लिन नसक्ने अवस्थाका कारणले सहकारी संचालक मात्रै नभएर व्यवसायीहरु धेरै मारमा पर्ने हुन् कि भन्ने मेरो भोगाई रहेको छ । बैंकमा साना व्यवसायीले ऋण पाउने अवस्था मैले देखेको छैन ।

 

यो अवधारण सुन्दा मात्रै राम्रो पो हो कि ?
यो अवधारणा बैंकको कारणले ल्याईएको होकि भन्ने हल्ला बजारमा सुनिन्छ नि ?
बैंकले नै ल्यायो भन्ने अवस्था त होईन होला । तर, सहकरीको पछाडि बंैक लागेको हुन्छ नै । बैंकको भन्दा सहकारीको ऋण लगानी गर्ने र मुद्दती लिने ब्याज नै फरक हुन्छ यसकारणले पनि हामी आखाको तारो बन्दछौ ।

बनेपा क्षेत्रको व्यसायीक अवस्थाको अवलोकन सहकारी मार्फत हेर्दा कस्तो लाग्दछ ?
बनेपामा विभिन्न थरिका सहकारीहरु रहेका छन् । केहि राम्रा छन्, केहि साना छन्, केहि नराम्रा छन्, केहि ठूला पनि छौ । केहि सहकारी बंैकले भन्दा पनि धेरै सेवा दिने अवस्थामा पनि पुगिसकेका छन् । हाम्रो पनि भोलिको लक्ष्य त्यहि नै हो । ऋण लगानी पनि थोरै प्रतिशतमा गर्न सक्ने अवस्था पनि छ । केहि सहकारी टिकिरहेको अवस्थामा मात्रै सिमित पनि छन् ।

बनेपाको अवस्थामा सहकारी एकिकरणमा जानै पर्ने अवस्था आएकै हो त ?
धेरै भएर मात्रै राम्रो हुने होइन । थोरै तर, राम्रो भईदियो भने राम्रो हो । त्यसकारण एकिकरण राम्रो कुरा हो । कसैले राम्रो कारोबार गर्ने सहकारी रहेका छन् भने उस्तै दुई वटा सहकारी एकिकरण हुनु नराम्रो कुरा भने होईन ।

भोलि सरकारले एकिकरणलाई बाध्यात्मक परिस्थिति बनायो भने के होला ?
कानून र राज्यले चाहेमा गर्न नसक्ने कुरा केहि पनि हुदैन । भोलिका दिनमा यसलाई बाध्यात्मक परिस्थिति भयो भने एकिकरण गर्ने बाहेकको विकल्प नै रहदैन ।

सरकारबाट तपाईहरुको अपेक्षा के हो ?
सहकारीहरु अहिलेसम्मको अवस्थामा हेर्दा आफ्नै मिहेनत र परिश्रमका आधारमा सञ्चालन हुँदै टिक्दै आएका छन् । यसलाई सरकारले हेरेको छ भन्ने अवस्था नै छैन । बेला बखत बैंकलाई आर्थिक मन्दि लागेर सरकारले ऋण लगानी गरेको कुरा सुनीन्छ तर, सहकारीको सन्दर्भमा यो कुरा सुुनिदैन । भोलिका दिनमा सहकारीको महत्व सरकारले बुझ्ला भन्ने हाम्रो अपेक्षा हो ।

अन्तमा मिडियामार्फत के भन्न चाहानुहुन्छ ?
अन्तमा मलाई यो अवसर दिनुभएकोमा धन्यवाद भन्न चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *