काभ्रे विशेष

अनेरास्ववियु काभ्रे र युवा संघ नेपालद्धारा महाभारत गाँउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण सम्पन्न

बनेपा । माधव नेपाल समुहको अनेरास्ववियु काभ्रे र युवा संघ नेपालद्धारा महाभारत गाँउपालिकालाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ । यस कार्यका लागि औषधि र पि.पि.यी. आशिका फाउण्डेशनले सहयोग गरेको थियो । हस्तान्तरण कार्यक्रममा दुई हजार थान माक्स, ९० वटा साना र दुई भाडो (५ लिटरको) सेनिटाईजर, दुई वटा अक्सीडोमिटर, एक बाकम बाफ लिने स्ट्रिमर, पि.पि. ई. सेट, औषधिहरु (भिटामिन वि, सि र ई) सहयोग गरिएको थियो । यसमा अगभव एक लाख भन्दा माथिको सामाग्रीहरु रहेको थियो ।

महाभारत गाँउपालिकामा नै गएर हस्तान्तरण गर्ने संभावना नहुने भएकाले महाभारत गाँउपालिकाका अध्यक्ष कान्छालाल जिम्बालाई बनेपामा ल्याएर सो हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा बागमति प्रदेश सभा सदस्य लक्ष्मण लम्सालको प्रमुख अतिथित्यता गर्नु भएको थियो भने विद्यार्थीका जिल्ला अध्यक्ष बदन भण्डारीले अध्यक्षता ग्रहण गर्नु भएको थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लम्सालले आफुहरुले पनि यस अभियानलाई अझै धेरै सहयोग गर्ने प्रतिबद्धताका साथै आप््mना संगठनले गरेको कार्यप्रति सन्तुष्टि जनाउनु भएको छ । गाँउपालिका अध्यक्ष जिम्बाले यस्ता खालका सहयोग ग्रामिण भेगमा गरिएकोमा खुसी व्यक्त गर्दै यसको सहि सदुपयोग गरिने प्रतिबद्धता जनाउनु भएकोथियो । कार्यक्रममा युवा संघ नेपाल र अनेरास्ववियु काभ्रेका पदाधिकारीहरु र आशिका फाउण्डेशनका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *