काभ्रे विशेष

काभ्रेमा भुमिहिनले जग्गा पाउन निवेदन दिदा भुल्नै नहुने यी `५ कागजपत्र´

काभ्रे – काभ्रेमा भुमिहिन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित बसोबास व्यवस्थापन गर्न काभ्रेका बिभिन्न पालिकाहरुमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ | विभिन्न पालिकाका प्रमुख, उप प्रमुख, अधक्ष्य, उपाध्यक्ष, वडा अधक्ष्य, जनप्रतिनिधि,भुमि सम्बन्धि समस्या समाधान आयोगका प्रतिनिधि,बिज्ञहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भैरहेका आयोगका जेहेन्दार सदस्य जेनिश लामाले बताउनु भयो ।

यदि तपाई निवेदन दिदै हुनुहुन्छ भने यी कागजपत्र हमेशा ख्याल राख्नुस : 

१. परिवारका सबै सदस्यको नागरिकताको फोटोकपी
२. परिवार मुली र निजको पति पत्निको हालसालै खिचेको पासपोर्ट साइजको फोटो
३. अब्यबस्थित बसोबासीको हकमा आफु र परिवारका सदस्यको नाममा अन्यत्र रहेको सबै जग्गाको पूर्जाको प्रतिलिपि र सम्बन्धित स्थानीय तहले सम्पतिकर प्रायोजनको लागि निर्धारण गरेको मुल्यांकन सम्बन्धित स्थानीय तहको पत्र
४.आफुसंग भएको अन्य प्रमाण जस्तै : घरसार कागजको प्रतिलिपि, मतदाता परिचय पत्र, बिद्युत तथा पानी महसुल बुझाएको प्रमाण, स्थानीय तहले घर धुरी कायम गरि कर संकलन गरेको प्रमाणपत्र
५. मिति २०७६ साल पुस २७ गतेभन्दा १० वर्ष अघिबाट निज बसोबास गरि आएको र जग्गा आवद /कमोद भई हो भनि सम्बन्धित वडा कार्यालयले गरेको सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *