राजनीति

धाँधली भएको भन्दै स्याङ्जा–२ मा पुन: मतदानको माग

धाँधली भएको भन्दै स्याङ्जा क्षेत्र नम्बर २ मा पुनः मतदान गर्न माग गरिएको छ । एमाले उम्मेदवार पद्ममा अर्यालले सोमबार पत्रकार सम्मेलन गरेर धाँधली भएकाले पुन मतदानको माग गरेकी हुन् ।

चापाकोट नगरपालिकाका ४ वटा बुथमा मत खसेको र प्रहरी प्रशासन पनि गठबन्धनकै मतियार बनेको उनकाे आरोप छ । उनी सहित केही उम्मेदवारले सोमबार निर्वाचन आयोगलाई पत्र दिएका छन् । गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर एकै व्यक्तिले पटक-पटक मतदान गरेको आरोप उनीहरुले छ । पत्रमा नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्याल लगायतले संयुक्त निवेदन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *