सहकारी बिशेष

बनेपा साकोसको २३ औँ बार्षिक साधारण सभा सम्पन्न

बनेपा । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिकामा रहेको बनेपा बचत तथा ऋण सहकारी संस्था लिमिटेड काभ्रेपलाञ्चोकको २३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज असोज ८ गते शनिबार कायष्ठ बैन्क्वेटमा भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष अमन पोटे श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव जितेन्द्र नकर्मीले गर्नुभएको थियो ।

संस्थाको यस साधारण सभासम्म आईपुग्दाको मुख्य विशेषतामा आफ्नो खाता आफ्नै हातमा भन्ने स्लोगनका साथ मोबाईल बैकिङ एप्सको समेत विकास गरिएको छ । जसबाट मोबाइल रिर्चाज, टेलिफोन तथा इन्टरनेटको बिल भुक्तानी, बिजुली तथा पानी महसुल भुक्तानी, बिमा आदिको बिल भुक्तानी गर्न मिल्नेछ, घरमै बसी बसी आफ्नो खाताको जानकारी प्राप्त गर्न सकिन्छ, आफ्नो खाताबाट वा आफ्नो बैक खाताबाट रकम रकमान्तरण गर्न सकिन्छ ।

संस्थाको यस आर्थिक बर्ष २०७८÷७९ सालसम्म आईपुग्दा संस्थामा २२०२ जना सदस्यहरु रहेका छन् भने कुल २,२५,०७८ कित्ता शेयर विक्रि गर्न सफल भएको छ । सदस्यहरुमा नियमीत बचतकर्ता १७४८ जना, ऐच्छिक बचत ६ जना, प्रिमियम बचत ८८ जना, सामुहिक बचत ७७ जना, जेष्ठ नागरिक बचत २४ जना, लघुबित्त बचत २६८ जना, खुत्रुके बचत २११ जना, अन्य बचत ५६ जना रहेका छन् । संस्थाको दिर्घकलीन बचत योजनातर्फ १२ बर्षे दिर्घकालीन बचत योजनामा १२ बर्षे नियमीत मासिक बचत रहेको छ जसमा हालसम्म २१४ जना सदस्यहरु सम्मिलित छन् । हालसम्म ५४६ जना सदस्यहरुलाई ऋण लगानी प्रवाह रहेको छ जसमा १४१ जना सदस्यहरुले ऋण चुक्ता गरिएको छ भने ४०५ जना सदस्यलाई ऋण प्रवाह गरिएको छ ।

संस्थाका अध्यक्ष अमट पोटे जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको उपाध्यक्ष रहनुभएका छन् भने सचिव जितेन्द्र नकर्मी जिल्ला बचत संघ काभ्रेका अध्यक्ष हुनुभएको छ । संस्थाका कर्मचारीमा हाल कार्यकारी प्रमुख १ जना, सह प्रबन्धक १ जना, लेखा सहायक १ जना, जुनियर सहायक १ जना, रिसेप्सनिष्ट १ जना, बजार प्रतिनिधी ३ जना र सहयोगी १ जना रहेका छन् ।

यस संस्थाको शेयर सदस्यहरु अर्को आर्थिक बर्षसम्म ३३०० जना बनाउने बार्षिक कार्य योजना बनाईएको छ । हालको आम्दानीमा ०७८÷०७९ मा तीन करोड चौबिस लाख बाउन्न हजार दुई सय सयासी रुपैया रहेको छ भने अर्को आर्थिक बर्षको लागी अनुमानित ०७८÷०८० मा तीन करोड पचहत्तर लाख बनाउने योजना बनाईएको छ । अन्य आम्दानीमा ०७८÷०७९ मा चौध लाख बाह्र हजार पचासी रहेको छ भने अर्को आर्थिक बर्षको लागी अनुमानित उनन्चास लाख पचास हजार बनाउने योजना बनाईएको छ । जम्मा आम्दानी तीन लाख अड्तिस हजार चौसठ्ठि हजार तीन सय एकहत्तर रहेको छ भने अर्को बर्षको लागी चार करोड चौबिस लाख पचास हजार पु¥याउने उद्देश्य रहेको छ । खर्चतर्फ ब्याज खर्चमा दुई करोड दुई लाख उनन्सत्तरी हजार पाँच सय बाईस रहेको छ भने अनुमानित दुई करोड अठ्ठाईस लाख रहेको छ, प्रशासनिक खर्चतर्फ चौसठ्ठि लाख उनन्चास हजार छ सय सड्सठ्ठि रहेको छ भने अनुमानित नब्बे लाख तिरानब्बे हजार हुने अनुमान रहेको छ, कर्मचारी खर्चमा बाईस लाख चौरासी हजार रहेको छ भने अनुमानित तीस लाख बिस हजार अर्को बर्ष पुग्ने अनुमान रहेको छ, कर्जानोक्सानी ब्यबस्थामा आठ लाख सन्तानब्बे हजार दश रहेको छ भने अर्को बर्ष घटाएर दुई लाख साठि हजार पु¥याउने लक्ष्य रहेको छ, हास कटिमा एक लाख उनन्सत्तरी हजार पाँच सय बयालिस रहेको छ भने दुई लाख पचास हजार अर्को बर्षको लागी अनुमान लगाईएको छ । जम्मा खर्च दुई करोड नब्बे लाख बयानब्बे हजार सात सय तेत्तीस रहेको छ भने अर्को बर्ष अनुमानित तीन करोड एकानब्बे हजार तिर्सठ्ठि हजार पुग्ने अनुमान लगाईएको छ ।

पुँजी तथा दायित्वमा शेयर पँुजी दुई करोड पच्चिस लाख सात हजार आठ सय रहेको छ भने अर्को बर्षमा अनुमानित दुई करोड पैतिस लाख सात हजार आठ सय पु¥याउने लक्ष्य रहेको छ, जगेडा कोषमा उनन्साठि लाख पच्चिस हजार सात सय छयहत्तर रहेको छ हालसम्म यस बर्षसम्म आईपुग्दा अठहत्तर लाख छयासी हजार साच सय सन्तानब्बे बनाउने उद्देश्य रहेको छ, अन्य कोषहरुमा सठ्तिस लाख पच्चीस हजार सात सय छयहत्तर रहेकोमा सठ्सठ्ठी लाख चौरासी हजार दुई सय बाउन्न रहेको छ, बर्जानोक्सानी ब्यवस्थामा तेईस लाख उनन्चास हजार तीन सय चार छ भने छब्बीस लाख नौ हजार तीन सय चार बनाउने उद्देश्य रहेको छ, बाह्य ऋणमा तीन करोड सन्ताउन्न लाख चौतिस हजार रहेकोमा अर्कोबर्षपनि यथावत राख्ने निर्णय गरिएको छ भने अन्य दायित्वमा बाह्र लाख तिरहत्तर हजार पाँच सय बाइस रहेको छ, उनन्चालिस लाख बाउन्न हजार बनाउने उद्देश्य रहेको छ । जम्मा उनन्तीस करोड अड्तिस लाख पच्चिस हजार एक सय उनन्सय रहेको छ भने अर्को बर्षको लागि अनुमानित एक्तीस करोड अड्चालिस लाख चालिस हजार साच सय छ रहेको छ । त्यस्तै सम्पतितर्फ नगत अठ्ठाईस लाख उनन्नब्बे हजार नौ सय तिरानब्बे रहेको छ भने अर्को बर्ष घटाएर बिस लाख पु¥याउने लक्ष्य रहेको छ, बैंक मौज्दातमा तीन करोड एकचालिस लाख चौध हजार एक सय चालिस रहेको छ भने हर्को बर्ष तीन करोड छयासी लाख उनन्चालिस हजार तीन सय चौबिस पु¥याउने लक्ष्य रहेको छ, कर्जा तथा सम्पतिमा तेईस करोड अड्चालिस लाख तीस हजार चार सय सात रहेको छ भने छब्बीस करोड पु¥याउने योजना रहेको छ, स्थिर सम्पति छ लाख पचास लाख तिन सय पैसठ्ठि बाट छ लाख सन्तानब्बे हजार सात सय पचहत्तर पुर्याउने लक्ष्य रहेको छ, लगानी हिसाबमा चौरहत्तर लाख तेह्र हजार दुई सय रहेको छ भने, चौरासी लाख तेह्र हजार दुई सय रहेको छ, अन्य सम्पतिमा एक करोड उनन्चालिस लाख सत्ताईस हजार बयानब्बे रहेकोमा अर्को बर्ष पचास लाखमा झार्ने योजना रहेको देखिन्छ । जसमा कुल सम्पती उनन्तीस करोड अड्तिस लाख पच्चिस हजार एक सय उनन्सय रहेकोमा अर्को आर्थिक बर्षसम्ममा एक्तिस करोड छत्तीस लाख तिरासी हजार छ सय पन्चानब्बे पुर्याउने लक्ष्य देखिन्छ ।

संस्थाको कार्यसमितिमा अध्यक्षमा अमन पोटे श्रेष्ठ, उपाध्यक्षमा रहदेव पोटे, सचिवमा जितेन्द्र नकर्मी, कोषाध्यक्षमा सविन मानन्धर, सदस्यहरुमा पदम सुन्दर श्रेष्ठ, शर्मिला मल्ली, लक्ष्मी नारायण ताम्राकार रहनुभएको द्ध भने सल्लाहकारहरुमा राजु सरकार, रश्मिला भोछिभोया, राजन भालु रहनुभएको छ । लेखा सुपरीपेक्षण समिति संयोजकमा जगदिप पलाञ्चोके, सदस्यहरुमा ओम काजी प्रजापती र रुपेन्द्र शाक्य रहनुभएको छ ।

तस्विरहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *